विरहको गीत गाउने साथी कसलाई रोज्ने,बद्री प्रसाद गर्तौला 'अश्रु'

कार्तिक २७,२०७५

-माधव प्रसाद गर्तौला

२७ कार्तिक २०७५ काठमाण्डौ l 
 
 
आज आदरणीय ज्येष्ठ भ्राता बद्री प्रसाद गर्तौला ‘अश्रु’ ज्यू द्वारा रचित कविता साभार प्रस्तुत गर्दैछु,आशा छ यहाँहरुले स्वीकार्नुहुनेछ....
 
 
तिम्रो जस्तो चोखो मायाँ अब कहाँ खोज्ने
विरहको गीत गाउने साथी कसलाई रोज्ने !
 
 
तिमी हुंदा आँसू पनि लाग्थ्यो संधै प्यारो
जहिलेदेखि टाढा भयौ बाँच्न सार्है गार्हो l
हाँसी-हाँसी बसेपनि मन भने खिन्न
तिम्रै यादले अझैपनि भन्छ बाँच्न दिन्न ll
 
 
तिम्रो जस्तो चोखो मायाँ अब कहाँ खोज्ने
विरहको गीत गाउने साथी कसलाई रोज्ने !
 
 
तिम्रो सामू हुरी-बतास झरी-पानी फीका
सहेकै थिएं लाग्दा पनि कलंकको टीका l
मृत्युसंग नडराई खेलें पैंनजोरी
जहिले तिमी पर भयौ फेरी आयो हुरी ll
 
 
तिम्रो जस्तो चोखो मायाँ अब कहाँ खोज्ने
विरहको गीत गाउने साथी कसलाई रोज्ने !
 
 
नगर्दा नि गल्ती मैले भने सबले दोषी
हुन सक्छ भएँ होला म नै बेहोसी l
बेहोसी मै दोषी भएँ छैन अब दुःख
उनकै सामू रुँदै-रुँदै मन पाएँ ढुक्क ll
 
 
तिम्रो जस्तो चोखो मायाँ अब कहाँ खोज्ने
विरहको गीत गाउने साथी कसलाई रोज्ने !
 
-बद्री प्रसाद गर्तौला 'अश्रु'