कार्तिक २९,२०७५
-माधव प्रसाद गर्तौला
२९ कार्तिक २०७५ काठमाण्डौ l
तथागत बुद्ध आफ्नो प्रिय शिष्य आनंदसंग कहीं जाँदै हुनुहुन्थ्योl वनमा धेरै लामो यात्रा गरिसकेपछि उहाँलाई प्यास लाग्योl पानी पिएर विश्राम गर्नको लागी उहाँ एउटा वृक्षमुनि बस्नुभयोl
आनंद पानी लिन भनी नजिकैस्थित झरनामा गएl तर झरनाको पानी जंगली पशुहरुको कारण अत्यंत दूषित भएको थियोl जंगली पशुहरुले आवत-जावत गरेको कारण झरनाको पानीमा सड़े-गलेका पातहरु माथी आएका थिएl पानी दूषित भएको देखेर आनंद पानी नलिईकन वापस फर्केl
उनले तथागत बुद्धसंग भने-“झरनाको पानी निर्मल छैन, म नदीबाट पानी लिएर आउँछु”l तर नदी निकै टाढा भएको कारण तथागत बुद्धले भन्नुभयो-“आनंद मलाई तीव्र प्यास लागिरहेको छ, नदीबाट पानी लिएर आउंदा निकै समय लाग्छ अतः तिमी गएर झरनाबाटै पानी लिएर आऊ”l
एकछिनपछि आनंद फेरी खाली हात नै फर्किएl अझैसम्म पनि पानी दूषित नै थियोl तर यसपटक पनि तथागत बुद्धले आनंदलाई त्यही झरनाबाट पानी लिएर आउनको लागी भन्नुभयोl केही समयपछि जब तेस्रो पटक आनंद झरनामा पुगे, तब झरनालाई हेरेर आश्चर्यचकित भएl झरना अब एकदम शांत भैसकेको थियोl सड़े-गलेका पातहरु बसिसकेका थिए र पानी एकदम निर्मल भैसकेको थियोl
तथागत बुद्धले पटक-पटक त्यही झरनाबाट पानी लिएर आउन गरेको आग्रहदेखि आनंद आश्चर्यचकित भएका थिए र उनको मनमा एउटा प्रश्नले पनि जन्म लिसकेको थियोl तथागत बुद्धलाई पानी दिँदै आनंदले भने-“हे तथागत! झरनाको पानी अत्यन्तै दूषित हुँदाहुँदै पनि मलाई त्यही झरनाको पानी लिन भनी हजुरले किन आग्रह गरिबक्सिएको”?
तथागत बुद्धले आनंदसंग भन्नुभयो- “त्यही झरनाको दूषित पानी जस्तै हाम्रो मन पनि दूषित छl जीवनको भाग-दौड़ले मनलाई पनि विक्षुब्ध बनाइदिन्छl तर यदि कसैले शांति एवं धैर्यतापूर्वक उस (मन) लाई हेरिरह्यो भने मनमा रहेका समस्त दूषित विचार एवं भावनाहरु आफैं शांत भएर जान्छन् र निर्मल चेतनाको आविर्भाव हुन्छl
यो पनि पढ्नुहोस्- सद्व्यवहारको चमत्कार, लघुकथा
प्रमुख समाचार