कार्तिक २९,२०७५
-माधव प्रसाद गर्तौला
२९ कार्तिक २०७५ काठमाण्डौ l
धेरै समय पहिलेको कुरा होl एउटा नगरमा एकजना मूर्तिकार (मूर्ती बनाउनेवाला) बस्दथ्योl उसले यस्तो मूर्तिहरु बनाउंथ्यो, जसलाई देखेर हर-कसैलाई मूर्तिहरु जीवित भएको भ्रम हुन्थ्योl आसपासका सबै नगरमा उसको प्रसिद्धि थियोl मानिसहरु उसको मूर्तिकलाको कायल थिएl यसैले त्यस मूर्तिकारलाई आफ्नो अनौठो कलामाथी निकै घमंड थियोl जीवनको यात्रामा एक समय यस्तो पनि आयो जब उसलाई लाग्न लाग्यो कि अब उसको मृत्यु हुनेवाला छ, ऊ ज्यादा समयसम्म जीवित रहन सक्दैनl उसलाई जब लाग्यो कि ऊ अब ज्यादा समयसम्म बाँच्दैन तब ऊ निकै ठुलो समस्यामा पर्योl
यमदूतहरुलाई भ्रमित गर्नको लागी उसले एउटा योजना बनायोl उसले हुबहू आफुजस्तै दसवटा मूर्ति बनायो र स्वयं ती मूर्तिहरुबीच गएर बस्योl यमदूतहरु जब उसलाई लिन आए तब एकजस्तै एघार आकृतिहरुलाई देखेर आशचर्यचकित भएl तिनीहरुले चिन्नै सकिरहेका थिएनन् कि असली मनुष्य कुन होl तिनिहरु सोच्न लागे कि अब के गर्ने? यदि मूर्तिकारको प्राण लिन सकिएन भने नियम भंग हुने डर र यदि सत्यको जांच गर्नको लागी मूर्तिहरुलाई फुटाइयो भने कलाको अपमान हुने डर!
अचानक एउटा यमदूतलाई मानव स्वभावको सबैभन्दा ठुलो रहस्य अहंकारलाई जाँच्ने विचार आयोl उसले मूर्तिहरुलाई हेर्दै भन्यो- “कती सुंदर मुर्तिहरु बनेका रहेछन्, तर सबै मूर्तिहरुमा एउटा त्रुटी छl ओह....! अफ़सोस...!! यदि मूर्ति बनाउनेवाला मेरो नजिक भएको भए म उसलाई बताउने थिएं कि मूर्ति बनाउनमा कहाँ गल्ती भयो”l
यमदूतको यस्तो कुरा सुनेर मूर्तिकारको अहंकार जागृत भयो, उसले सोच्यो “मैले आफ्नो पूरा जीवन मूर्ति बनाउनमै समर्पित गरिदिएं भला मेरो मूर्तिहरुमा के गल्ती हुनसक्छ”? ऊ चिल्लायो “कस्तो गल्ती”?...
झटपट यमदूतले उसलाई समात्यो र भन्यो “बस यही गल्ती गर्यौ तिमीले आफ्नो अहंकारमा कि मृत मूर्तिहरु बोल्ने गर्दैनन्”....
यो पनि पढ्नुहोस्- ‘झरनाको पानी’ बोधकथा !
प्रमुख समाचार