Trending :
 

आर्थिक प्रसङ्ग

नेपाली टोलि विश्वको अग्लो चुचुरो सगरमाथामा पुग्न सफल

जेठ ०२,२०७४

-

२,जेठ,२०७४-

यस वर्षको वसन्तकालीन सगरमाथा आरोहण अभियानअन्तर्गत १४ जना नेपालीको टोलि सोमबार नेपालतर्फको मोहोडाबाट विश्वको अग्लो चुचुरोमा पुग्न सफल भएका छन् । 

पर्यटन मन्त्रालयबाट आधार शिविरका लागि खटाइएका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार यो नै नेपालतर्फबाट उक्लेको यस वर्षको पहिलो टोली हो । यसअघि शनिबार संखुवासभाकी ४४ वर्षीया लाक्पा शेर्पाले तिब्बती मोहोडाबाट सगरमाथा आरोहण गरेकी थिइन् । 
 

बाक्लो हिमपात र बदलिँदो खराब मौसमका कारण केही दिनदेखि बाटो खोल्ने प्राविधिकहरूको समूह (हाई अल्टिच्युट शेर्पा) चुचुरोमा उक्लिने प्रतीक्षामा थियो । आइसफल डक्टरको टोलीसहित आज ब्रिटिस गोर्खाका तीन सदस्य ८ हजार ८ सय ४८ मिटर अग्लो चुचुरोमा पुगेको खबर आएको छ ।

त्यसैगरी यहि सिजनमा नेपाली नागरिक मीनबहादुर शेरचन र स्विस नागरिक युली स्टेक गरी दुई जनाको ओरोहणका क्रममा मृत्यु भइसकेको छ ।