Trending :
 

चिनीमा कालोबजारी गर्ने सांसदलाई ५ हजारसम्म जरिवाना हुने

मंसिर ०३,२०७५

-

३ मंसिर २०७५ काठमाण्डौ l 
 
 
काठमाडौं । सरकारले तोकेभन्दा बढी मूल्य लिने प्रदेश ३ का सांसद राजेश शाक्यलाई ५ हजार रुपैयाँ जरिवाना तिराईएको छ ।
 
 
सांसदको सार्वजनिक लेखा समितिले चिनीको मुल्य प्रतिकेजी ६३ रुपैयाँ कायम गर्न सरकारलाई निर्देशन दिएको र सरकारले अधिकतम मूल्य ७० रुपैयाँ लागू गरेको थियो । तर, सांसद शाक्यले ताहाचलमा रहेको आफ्नो पसलबाट प्रतिकिलो ७८ रुपैयाँ चिनी विक्रि गरेका थिए ।
 
 
वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्ष विभागले गरेको अनुगमनका क्रममा ताहाचालमा रहेको उनको उपभोक्ता सहकारी पसलेले प्रति ७८ रुपैयाँमा बिक्री गरेको फेला पारेको थियो ।