जाडो महिनामा स्वाँ-स्वाँ हुनु जटिल समस्याको संकेत पनि हुनसक्छ
-
३ मंसिर २०७५ काठमाण्डौ l
दिनदिनै चिसो बढ्दैछ । चिसो बढ्दा सबैभन्दा बढी सास्ती भनेका रोगी, बुढाबुढी, बालबच्चा र सुत्केरीले झेल्नुपर्छ । चिसो मौसममा अनेकन शारीरिक समस्याले दुख दिन्छ । यसमध्ये एक हो, श्वासप्रश्वासको समस्या । अर्थात अस्वभाविक सास बढ्नु । स्वाँ-स्वाँ हुनु ।
सामान्यतया, दम तथा आस्थमाको विरामीलाई स्वाँ स्वाँ हुने गर्दछ । जसले गर्दा छातीबाट सिठ्ठी बजेको जस्तो एक प्रकारको आवाज आउने गर्दछ । यो समस्या किन हुन्छ? कसलाई हुन्छ? यसका जोखिम के हुन्? यसबारे सचेत हुनैपर्छ । अतः यसको लक्षण पत्ता लगाएर उपयुक्त निदान खोज्नुपर्छ ।
किन बढ्छ अस्वभाविक सास?
श्वासप्रश्वास प्रक्रिया निरन्तर चल्छ, जसका लागि हामीले अतिरिक्त बल वा शक्ति लगाइरहनु पर्दैन । शरीरले यसको सञ्चालन आफ्नै गति र लयमा गरेको हुन्छ । त्यही गति एवं लयले शरीरमा प्राण बचाइरहेको पनि हुन्छ । यद्यपी कहिले काहीँ यो प्रक्रियामा गडबडी हुन्छ । अस्वभाविक स्वाँ-स्वाँ बढ्छ । किन यस्तो हुन्छ?
हावा नाकको संकुचित वायु नली हुँदै फोक्सोमा पुगेमा स्वाँ-स्वाँ हुने गर्छ । स्वाँ-स्वाँ हुनु आफैमा एक गम्भीर समस्याको संकेत हो । त्यसैले, धेरै स्वाँ(स्वाँ भएमा समयमै उपचार आवश्यक छ ।
किनकी स्वाँ-स्वाँ हुन भनेको दम, रुघाखोकी, छातिको समस्या तथा श्वासप्रश्वाससम्बन्धि समस्याको पनि संकेत हो । त्यसबाहेक, खोकी लाग्ने, सास फुल्ने लगायतको अन्य समस्या भएमा पनि स्वाँ-स्वाँ हुने गर्छ। विशेषगरी, सास लिदाँ र छा्ेड्दा यसको आवाज स्पष्ट सुनिन्छ ।
यसको रोकथामको एकमात्र उपाय भनेको स्वाँ-स्वाँ हुनुको कारण पहिल्यार त्यसको निदान खोज्नु हो । सामान्यतया घ्यारघा्रको समस्या धुमपान तथा एलर्जी गराउने पदार्थको सम्पर्कका कारण हुने गर्छ । यसको रोकथाम गरेर पनि स्वाँ(स्वाँलाई कम गर्न सकिन्छ । त्यसबाहेक, कार्टिकोस्टेरायड, ब्राकोडाइलेट्स, जलन तथा सुन्निने समस्यालाई कम गर्ने औषधीको उपयोगद्धारा पनि यो समस्यालाई कम गर्न सकिन्छ ।
लक्षणहरु
स्वाँ-स्वाँ आफैमा एउटा लक्षण हो । स्वाँ-स्वाँ भएमा यसको साथै अन्य लक्षण पनि विकसित हुने गर्दछ । जुन, यसको कारणमा निर्भर हुने गर्छ ।
१. घाँटी सुक्ने
२. तौल घट्ने
३. भोक नलाग्ने
४. छाती दुख्ने
५. थकान तथा कमजोरी महसुस हुनु
६. खोकी लाग्नु
७. सास फुल्नु
८. स्वास नलीको संक्रमण
कारणहरु
स्वास नली संकुचित भएमा वा स्वास मार्गमा कुनै प्रकारको अवरोध भएमा स्वाँ-स्वाँ हुने गर्छ । त्यस्तै, अन्य विभिन्न प्रकारको रोगका कारण पनि स्वाँ-स्वाँ हुने गर्दछ । जस्तोकी , दम, आस्थमा, क्रोनिक आव्सट्रक्टिभ पल्मोनरी डिजिज, विभिन्न प्रकारको एलर्जी, स्वास नलीमा रोकावट भएमा, स्वास नलीको ट्यूमर वा कुनै बाहिरी वस्तु स्वास नलीमा फसेमा इत्यादी ।
त्यसबाहेक, सास फुलेमा, गेस्ट्रोइसोफेजियल रिफलक्स डिजिज, हर्ट फेलियर, रुखाखोकी, ज्वरो, प्यानिक अट्याक, भोकल कर्ड सम्बन्धि समस्या ब्रोनकाइटिस, निमोनिया, फोक्सोको संक्रमण तथा स्वास नलीमा संक्रमणका कारण पनि स्वाँ-स्वाँ हुने गर्दछ ।
सामान्यतया स्वाँ स्वाँको समस्या एलर्जीबाट ग्रस्त व्यक्ति, दमका विरामी, धुमपानकर्ता तथा फोक्सो सम्बन्धि क्यान्सरका विरामीलाई धेरै हुने गर्छ ।
तर कुनै कारणवस खाना निल्दा स्वाँ-स्वाँ भएमा , कुनै किटाणुले टोकेमा, कुनै खानेकुराका कारण छाती घ्यारघ्यार गरेमा पनि तुरुन्तै चिकित्सकलाई देखाउनु पर्दछ । त्यसबाहेक, सास फुले, छाला निलो भए, दुविधा भए वा समय समयमा डर लाग्ने, अप्ठेरो भएमा पनि तुरुन्तै चिकित्सकलाई देखाउनु पर्दछ ।
कसरी बच्ने स्वाँ-स्वाँ हुनबाट?
एलर्जीबाट बचेर, धुमपान नगरेर, चिसो वातावरणबाट बचेर तथा पर्याप्त मात्रामा फल वा सब्जीको सेवन गरेर पनि स्वाँ-स्वाँको समस्यालाई कम गर्न सकिन्छ । त्यस्तै, दम तथा आस्थमालाई नियन्त्रण गर्न भिटामिन ई तथा सिको जरुरत पर्ने हुँदा भिटामिन ‘सी’ तथा ‘इ’ युक्त आहार जस्तै सुन्तला, पालुङ्गो, बदाम, टमाटर तथा शिमला मिर्च लगायतको सेवनद्धारा पनि यसको लक्षणलाई कम गर्न सकिन्छ ।
सामान्यतया आस्थमा तथा एलर्जी लगायतका केही रोग एलर्जिक पदार्थका कारण थप जटिल बन्ने गर्दछ । त्यस्तै, मानसिक तनावका कारण पनि यो समस्या थप जटिल हुने गर्दछ ।
त्यस्तै, घुमपान गर्नाले स्वास प्रस्वास सम्बन्धि समस्या हुने गर्दछ । धुमपानकै कारण फोक्सोको समस्या तथा ब्रोनकाइटिस हुने गर्दछ । कसैकसैलाई धुमपानको सम्पर्कमा आउनाले मात्र पनि छाती घ्यारघ्यार हुने गर्दछ । त्यस्तै, चिसो वातावरणमा ध्यान, योगा तथा मेडिटेशन गर्नाले घाँटीको मांपेशी संकुचित हुने गर्दछ । जसले गर्दा सास तेज भएर स्वाँ-स्वाँ हुने गर्दछ ।
माथिल्लो स्वास तन्त्रको संक्रमण वा रुघाखोकीका कारण हुने हल्का स्वाँ(स्वाँमा खासै उपचारको आवश्यकता पर्दैन । केहीमा औषधी तथा इन्हेलरको प्रयोगद्धारा पनि यसको उपचार गर्न सकिन्छ । कहिलेकाही धेरै घ्याघ्यार भएमा सास लिनमा कठिनाई उत्पन्न हुनसक्छ । त्यस्तो अवस्थामा विरामीलाई तुरुन्तै अक्सिजनको आवश्यकता पर्दछ । त्यस्तो अवस्थामा विरामीलाई अस्पतालमै राखेर उपचार गरिन्छ ।
त्यसबाहेक, केही घरेलु विधि अपनाएर पनि उपचार गर्न सकिन्छ । जस्तै कि बाफ लिएर, झोलिलो पदार्थको सेवन गरेर तथा लामो लामो सास लिएर । स्वाँ-स्वाँ भएमा के कस्ता समस्या उत्पन्न हुन सक्दछ?
स्वाँ-स्वाँ भएमा तुरुन्तै उपचार गर्नु पर्दछ । अन्यथा, स्वास्थ्य सम्बन्धि विभिन्न जटिल समस्या पैदा हुनसक्दछ । जस्तै, सास फुल्ने, मानसिक स्थितिमा बदलाव आउने, स्वास नली सुन्निने इत्यादी ।