सुख-दुःखको एकआपसमा अंतर्सबंध,जसलाई छुट्याउन सकिंदैन

बहुधा तिमी आफ्नै सुख र दुःखको बीच तराज़ूको दुई पल्ला लट्किएको जस्तै लट्किरहेका छौ

मंसिर ०३,२०७५

-माधव प्रसाद गर्तौला

३ मंसिर २०७५ काठमाण्डौ l 
 
तिम्रो दुःखको आवरण हट्नु नै तिम्रो सुख होl तिम्रो आफ्नो भंडार, जसबाट तिम्रो हाँसो उठ्दछ, बहुधा तिम्रै आंसुले भरिएको हुन्छl यसको अतिरिक्त यो अरु कसरी हुनसक्छ? तिम्रो भित्र (अंतर्हृदयमा) दुःख जति नै अधिक गहिराईमा प्रवेश गर्छ त्यति नै गहिरो सुख तिमी आफुभित्र राख्न समर्थ हुन्छौl
 
 
के त्यो प्याला (कप) जसमा तिमी मधुपान गर्छौ त्यो त्यही प्याला होइन? जो कुमालेको भट्टीमा तपाइएको थियो? र त्यो मुरली जो तिम्रो आत्मालाई शान्ति प्रदान गर्छ, त्यो त्यही काठ होइन र? जो हतियारद्वारा बिंधिएको थियोl
 
 
जब तिमी हर्षोन्मत्त हुन्छौ त्यतिबेला आफ्नो हृदयको गहिराईमा झाँक्यौ भने तिमी पाउनेछौ कि जसले तिमीलाई दुःख दिएको थियो त्यसैले तिमीलाई प्रसन्नता पनि दिंदैछl
 
 
जब तिमी दुःखी हुन्छौ त्यतिबेला फेरी आफ्नै हृदयमा झाँक र तिमी पाउनेछौ कि यथार्थमा तिमी त्यसैका लागि रोइरहेका छौ जो तिम्रो अतीतमा आनंद रही सकेको थियोl
 
 
तिमीहरुबाटै कसैले भन्छन्, सुख, दुःखभन्दा धेरै छ, र अन्यले भन्छन् होइन, दुःख नै धेरै छl तर म तिमीसंग भन्छु कि ती दुबैलाई अलग गर्न सकिंदैन ती दुबै साथ-साथै आउँछन् र जब एक तिम्रो साथ खाना खान बसीरहेको हुन्छ तब याद राख्नु कि अर्को तिम्रै पलंगमा सुतीरहेको छl
 
 
बहुधा तिमी आफ्नै सुख र दुःखको बीच तराज़ूको दुई पल्ला लट्किएको जस्तै लट्किरहेका छौl केवल त्यही समय तिमी संतुलित र स्थिर हुन्छौ जब कि तिमी खाली हुन्छौl जुन समय व्यापारी आफ्नो सुन अथवा चांदी नाप्नको लागी तिमीलाई उठाउंछ, अवश्य नै तिम्रो सुख या दुःख शिखर चढ्दछ या झर्दछl
 
-माधव प्रसाद गर्तौला