Trending :
 

अनेकौं छन् करेलाको जुसका फाइदाहरु,आउनुहोस् जानौं

मंसिर ०४,२०७५

-

४ मंसिर २०७५ काठमाण्डौ l 
 
 
करेला स्वादको लागि निकै तितो हुन्छ । तर, स्वास्थ्यका लागि यो निकै फाइदाजनक रहेको छ । करेलामा यस्तो तत्व पाइन्छ जसले हाम्रो स्वास्थ्यमा धेरै फाइदा गर्छ । यसको सेवन वा जुस बनाएर पिउने गरे कैयौं रोगहरु निको बनाउँदछ । यसलाई धेरै औषधी पनि बनाउने गरेका छन् । जान्नुहोस्, करेला खानुको फाइदाहरु l 
 
 
डायबिटिज (मधुमेह) रोगलार्इ फाइदा
 
१. डायबिटिजको रोगीले करेलाको जुस बनाई पिउने गरे निकै लाभदायक हुन्छ । यसको उचित मात्रा भएन भने रगतमा चिनीको मात्रा बढ्न जान्छ ।
 
 
२. डायबिजिटको लागि जिम्मेवारी रहेको छ । करेलाको जुसले चिनीको मात्रालाई नियन्त्रण गर्छ । डायबिटिजका रोगीलाई एक चौथाई कप करेलाको जुसमा गाजरको जुस पनि मिसाएर पिउने गरेमा अझ फाइदा पुग्दछ । यसले रगतमा चिनीको मात्रा थोरै थोरै गरी कम हुन थाल्दछ । बिहानको समयमा करेलाको जुस पिउने गरेमा अति फाइदाजनक हुने प्रमाणित भएको छ । करेलामा मोमर्र्सिटडीन र चैराटिन जसता एन्टी हाइपर ग्लेसेमिक तत्व पाउने गर्दछ ।
 
 
रगतको कमी हुन दिँदैन
 
 
विशेषगरी महिलाहरुमा हेमोग्लोबिनको समस्या निकै हुनु सामान्य रहेको छ । तर, आइरनदेखि धेरै सागसब्जी खाने गरेमा सबैभन्दा बढी फाइदा हुन्छ । दिनमा एक पटक करेलाको सब्जी खाने वा यसको जुस पिउने गरेमा हेमोग्लोबिनलाई कम गर्न सक्दछ । साथै रगतलाई सफा राख्ने गर्छ ।
 
 
क्यान्सरका रोगीलाई बचाउन सकिने
 
क्यान्सर जस्ता रोगसँग लड्नको लागि करेला निकै लाभदायक हुन्छ । यसको जुस पिउने र यसको गुदीलाई पानी उमालेर खाने गरेमा क्यान्सर रोग निकै कम हुने गर्दछ ।
 
 
पत्थर रोगको लागि फाइदा
 
 
पत्थरका रोगीलाई दुई पटक करेलाको जुस र सब्जी खाने गरेमा निकै आराम हुन्छ । यसले पत्थरलाई पगालेर बिस्तारै बिस्तारै पिसाबको सहयोगबाट बाहिर फ्याँक्दछ । २० ग्राम करेलाको जुसमा मह मिसाएर पत्थरलाई पगालेरमा बाहिर निकाल्ने काम गर्दछ ।
 
 
भोक बढाउनमा सहयोग
 
यदि तपाईहरुलाई भोक कम लाग्ने गरेको छ भने अब कुनै चिन्ता नलिनुहोस् । यो समस्या भए करेलाको जुस पिउने गरेमा लाभदायक हुने छ । करेलाको जुुस दिनहुँ पिउने गरेमा वा सब्जी खाने गरेमा पाचन प्रक्रिया निकै राम्रो हुन जान्छ, भोक पनि धेरै लाग्न थाल्दछ ।
 
 
छालाका रोगका लागि फाइदा
 
करेलामा पाइने बिटर्स र एल्केलाइड तत्व रक्त शोधकको काम गर्छ । करेलाको सब्जी खाने र मिक्सर पिसेर लेप बनाई राति सुत्ने बेलामा हातखुट्टामा लगाउने गरेमा डण्डीफोर र छालाको रोगबाट छुटकारा पाउँदछ । दाद लगायका एलर्जी, सियोरोसुु जस्ता छाला रोगलाई करेलाको जुसमा कागतीको रस मिसाएर लगाए अझ फाइदा हुनेछ l