Trending :
 

शिकागोस्थित अस्पतालमा गोली प्रहार,तीनजनाको मृत्यु

मंसिर ०४,२०७५

-

४ मंसिर २०७५ काठमाण्डौ l 
 
 
वाशिङ्टन । अमेरिकाको शिकागोस्थित मर्सि अस्पतालमा भएको गोली प्रहारमा एक जना प्रहरी अधिकारी र अन्य दुई जना समेत तीन जनाको मृत्यु भएको छ ।  त्यो गोली काण्ड अस्पतालको पार्किङमा एक महिला र युवाबीच विवाद भएपछि सुरु भएको हो ।
 
 
ती युवा र महिला आपसी  सम्बन्धमा रहेको बताइएको छ । दुईबीच विवाद भएपछि युवाले गोली हानेका थिए । प्रहरीको गोलीबाट उनको पनि मृत्यु भएको जनाइएको छ ।  मृत्यु हुनेमा एक प्रहरी अधिकारी, एक जना चिकित्सक र एक फार्मेसी सम्बन्धी सहयोगी रहेको बताइएको छ । एजेंसी