लघुकथा

आहार र आश्रयलाई नै परमगति मान्ने कौवाको दुर्गति

शारीरिक सुखमा मात्र लिप्त मनुष्यहरुको गतिपनि उही कौवाको जस्तै हुन्छ

मंसिर ०४,२०७५

-माधव प्रसाद गर्तौला

४ मंसिर २०७५ काठमाण्डौ l 

 

नदीमा हात्तीको लाश बग्दै गइरहेको थियोl एउटा कौवाले त्यस लाशलाई देख्यो,देख्ने बित्तिकै ऊ अति प्रसन्न भयो र त्यस लाशमा आएर बस्योl यथेष्ट मासु खायोl नदीको पानी पनि पियोl त्यसै लाशमाथी यता-उता उफ्रिँदै कौवाले परम तृप्तिको डकार लियोl ऊ सोच्न लाग्यो अहा! यो ता अति नै राम्रो यान (वाहन) पो  रहेछ,यहाँ त भोजन र जलको पनि कमी छैनl फेरी यसलाई छोडेर अन्यत्र किन भट्किराखौं?

 

कौवा नदीको साथ बगिरहेको त्यसै लाशमाथी धेरै दिनसम्म रमी रह्योl भोक लाग्दा लाशलाई लुछेर खान्थ्यो,प्यास लाग्दा नदीको शीतल जल पिउंथ्योl अगाध जलराशि,उसको तेज प्रवाह,किनारमा टाढा-टाढासम्म फैलिएको प्रकृतिका मनोहारी दृश्य- यीनलाई हेरी-हेरी ऊ विभोर भैरह्योl

 

नदी आखिर एकदिन महासागरमा आई मिलीl ऊ प्रसन्न थी कि उसलाई आफ्नो गंतव्य प्राप्त भयोl महासागरसंग मिल्नु नै उसको चरम लक्ष्य थियो,तर त्यसदिन लक्ष्यहीन कौवाको त भयंकर दुर्गति भयोl चार दिनको मौज-मस्तीले उसलाई यस्तो ठाउँमा लिएर आएको थियो,जहाँ उसको लागी न खाना थियो,न पेयजल,न कुनै आश्रय नैl चारैतर्फ सीमाहीन अनंत नुनिलो जलराशि तरंगायित भैरहेको थियोl कौवा भोकै-प्यासै केही दिनसम्म त चारैदिशामा पंख फर्फराइरह्यो,तर महासागरको आदि-अंत कहीं देखिएनl अन्तमा थाकेर,दुःखले कातर भएर ऊ महासागरको अगाध जलराशिमा खस्योl त्यसपछि उसलाई एउटा विशाल गोहीले आफ्नो आहारा बनायो!

 

शारीरिक सुखमा मात्र लिप्त मनुष्यहरुको गतिपनि उही कौवाको जस्तै हुन्छ,जसले आहार र आश्रयलाई नै परम गति मान्दछl   

 

यो पनि पढ्नुहोस्- सुख-दुःखको एकआपसमा अंतर्सबंध,जसलाई छुट्याउन सकिंदैन