Trending :
 

खुट्टा भाँच्चिएपछि अभिनेता विपिन कार्की अस्पताल भर्ना

मंसिर ०५,२०७५

-

५ मंसिर २०७५ काठमाण्डौ l 
 
 
काठमाडौं । अभिनेता विपिन कार्की दुर्घटनामा परेका छन् । केहि दिन अघि देखि सुरु भएको चलचित्र ‘जात्रै जात्रा’ को छायाकंनमा व्यस्त रहेका विपिन मंगलबार बिहान बालाजु जाँदै गर्दा कालीमाटीमा दुर्घटनामा परेका हुन् ।
 
 
बाइकमा गईरहेको समयमा पछाडिबाट अर्को बाईकले ठक्कर दिएपछि दुर्घटना भएको विशेष स्रोतले जनाएको छ । दुर्घटनामा परेका विपीनको उनको दाहिने खुट्टा भाँच्चिएको छ । अहिले उनको बल्खुस्थित वयोधा हस्पिटलमा भर्ना गरेर उपचार भइरहेको छ ।