अभिमान होस् या आत्महीनता,दुबै एउटै सिक्काका दुई पाटा हुन्

निराश्रय र असुरक्षित हुनेबित्तिकै चित्त स्वयंको मूलसत्तामा निमज्जित हुन्छ

मंसिर ०५,२०७५

-माधव प्रसाद गर्तौला

५ मंसिर २०७५ काठमाण्डौ l 

 

एकजना सम्राटको धेरै कीर्ति थियोl उसको दानको सुसमाचार चारै दिशाहरुमा परिव्याप्त भएको थियोl उसको विनम्रता,उसको त्याग,उसको सादगी,उसको सरलता,सबैको प्रशंसा मानिसहरुको मुखमा थियो;र परिणाम यो थियो कि उसको अहंकारको कुनै सीमा नै थिएनl परमात्मासंग जती टाढा कुनै मनुष्य हुनसक्छ,त्यति नै टाढा ऊ थियोl

 

मनुष्यको दृष्टिमा माथि उठ्नु कती सरल छ,तर परमात्माको निकट पुग्न कती कठिन! जो मनुष्यहरुको दृष्टिमा माथि उठ्ने आकांक्षी हुन्छ,ऊ अनिवार्यत: परमात्माको दृष्टिमा तल खस्छ,किनकी जस्तो उसको बाहिर देखिन्छ,ठीक उसको विपरीत अंतसमा हुन्छl

 

मनुष्यको चर्मचक्षु वहाँसम्म प्रवेश गर्न सक्दैन,यसैले नै ऊ आत्मवंचनामा पर्छl तर के उसको स्वयंको अंतर्दृष्टि पनि वहाँसम्म पुग्दैन? अंततः मनुष्यहरुको आँखामा बन्नेवाला प्रतिच्छविको केहीपनि मूल्य छैनl मूल्य त छ त्यसै प्रतिच्छविको जुन स्वयंको अंतर्दृष्टिको समक्ष अनावरित हुन्छl व्यक्तिको त्यही मूर्ती अरुपनि निम्नतर रूपहरुमा परमात्माको दर्पणमा प्रतिबिंबित हुन्छl आत्यंतिक रूपले व्यक्ति जस्तो स्वयंको समक्ष छ, त्यसै परमात्माको समक्षपनि हुन्छl

 

त्यस सम्राटको यश बढ्दै थियो तर आत्मा डुब्दै गयोl कीर्ति फैलिँदै थियो तर आत्मा संकुचित हुँदै गयो l उसको शाखाहरु फैलिँदै थियो तर जराहरु निर्बल हुँदै गयोl

 

उसको एकजना मित्रपनि थियोl त्यो मित्र त्यस समयको कुबेर नै थियोl टाढा-टाढाबाट जसरी नदी-नालाहरु सागरसंग आएर मिल्दछन्,त्यस्तै नै धनको सरिताहरु उसको दुकुटीमा आएर खस्दथेl ऊ आफ्नो सम्राट मित्रसंग एकदमै विपरीत थियोl दानको नाममा एउटा फुटेको कौड़ीपनि उसको हातबाट छुट्दैैनथ्योl उसको धेरै अपकीर्ति थियोl

 

सम्राट र धनपति,दुबै बूढा भएl एउटा अभिमानले भरिएको थियो,अर्को आत्मग्लानिलेl अभिमान सुख दिँदै थियो,आत्मग्लानि प्राणलाई सुकाउँदैl जसरी-जसरी सम्राटको मृत्यु निकट आउँदैथ्यो,ऊ आफ्नो अहंकारलाई अरु जोड़ले समात्दै थियोl ऊसंग त सहारा थियोl तर धनपतिको आत्मग्लानि अंततः आत्मक्रांति बन्योl त्यो त सहारा थिएनl उसलाई त छोड्न आवश्यक थियोl

 

तर स्मरण रहोस् कि आत्मग्लानि पनि अहंकारकै उल्टोरूप हो,र यसैले त्योपनि छुट्छ अति कठिनाईले नैl अक्सर त त्यो सीधा भएर स्वयं नै अहंकार बन्छl यसैकारण भोगी योगी भैदिन्छन् र लोभी दानी,क्रूर करुणावानl तर मूलरूपले उनिहरुको आत्मामा कुनै क्रांति कहिलेपनि हुँदैनl

 

त्यो धनपति एकजना सद्गुरुको नजिक गयोl उसले त्यहाँ गएर भन्यो- “म अशांत छुl म आगोमा जलीरहेको छुl मलाई शांति चाहियो”l

सद्गुरुले सोधे- “के यति धन, वैभव, शक्ति-सामर्थ्य हुँदाहुँदै पनि तिमीलाई शांति मिलेन?”

उसले भन्यो- “छैनl मैले भलीभांति अनुभव गरिसकें,धनमा शांति छैनl”

त्यसपछि सद्गुरुले भने- “जाऊ र आफ्नो सर्वस्व तीनैलाई लुटाइदेउ,जससंग ती धन लुटिएको थियोl त्यसपछि म कहाँ आऊl दीन र दरिद्र भएर आउनुl”

धनपतिले त्यस्तै गर्योl ऊ फर्किएर आयो तब सद्गुरुले सोधे- “अब?”

उसले भन्यो-“अब तपाईं अतिरिक्त अरु कोहीपनि आश्रय छैनl”

 

तर धेरै अद्भुत थिए ती सद्गुरुl भनौं कि पागल नै थिएl उनले धक्का दिएर त्यस दरिद्र धनपतिलाई आफ्नो आश्रमबाट बाहिर निकालिदिए र ढोका बंद गरिदिएl अँध्यारो रात्रि थियोl नजिकै भयानक जंगलपनि थियो l त्यस जंगलमा त्यो आश्रमअतिरिक्त अरु कुनै आश्रय थिएनl

 

धनपतिले सोचेको थियो कि उसले धेरै ठुलो काम गरेर आइरहेको छl तर यो कस्तो स्वागत- यो कस्तो व्यवहार? धनको संग्रह व्यर्थ पाएको थियोl तर धनको त्यागपनि व्यर्थ नै भयोl ऊ त्यस रात निराश्रय एउटा वृखमुनि सुत्योl

 

उसको अब न कोई सहारा थियो,न साथी,न घरl न ऊसंग संपदा थियो,न शक्ति नैl न संग्रह थियो,न त्याग नैl बिहान उठेपछि उसले पायो कि ऊ एक अनिर्वचनीय शांतिमा डुबिरहेको छl निराश्रय चित्त अनायासै परमात्माको आश्रयलाई पाउंछl

 

ऊ दौडिंदै सद्गुरुको चरणमा नतमस्तक हुन गयो,तर देख्यो कि स्वयं सद्गुरु नै उसको चरणमा नतमस्तक छन्l ती सद्गुरुले उसलाई हृदयमा लगाएर भने- “धन छोड्न सरल छ,त्याग छोड्न अतिकठिनl तर जसले त्यागकोपनि त्याग गर्दछ,त्यही वस्तुतः धनपनि छोड्दछl धनको होस् आश्रय या त्यागको,आत्मग्लानिको होस् आश्रय या अभिमानको,संसारको होस् आश्रय या संन्यासको,वस्तुतः जहाँ आश्रय छ,त्यहीं परमात्मासम्म पुग्नमा अवरोध छl

 

अन्य आश्रय छुट्ने बित्तिकै परम आश्रय उपलब्ध हुन्छl म धनमा आश्रय खोजौं या धर्ममा,जबसम्म म आश्रय खोज्दछु,तबसम्म म अहंकारकै रक्षा खोज्दछुl आश्रयमात्र छोड्ने बित्तिकै,निराश्रय र असुरक्षित हुनेबित्तिकै चित्त स्वयंको मूलसत्तामा निमज्जित हुन्छl यही हो शांतिl यही हो मोक्षl यही हो निर्वाणl के तिमीलाई अरुपनि केही पाउनु छ?

 

त्यो व्यक्ति,जो न अब धनपति थियो,न दरिद्र थियो,बोल्यो- “होइनl पाउने ख्यालमा नै भूल थियोl उसैको कारण गुमाएको थिएंl जे पाउनु छ,त्यो त पाइएकै छl पाउने आशाको दौड़मा यही नित्य-प्राप्त हराएको थियोl शांतिपनि अब मलाई चाहिंदैनl परमात्मापनि चाहिंदैनl म नै अब छुइन,जे छ त्यही शांति हो,त्यही परमात्मा हो,त्यही मोक्ष होl”