मंसिर ०७,२०७५
-माधव प्रसाद गर्तौला
७ मंसिर २०७५ काठमाण्डौ l
गुरु नानकदेव (जन्म- १५ अप्रैल १४६९,तलवंडी पंजाब,मृत्यु- २२ सेप्टेम्बर,१५३९ भारत) सिक्खहरुको प्रथम गुरु (आदि गुरु) थिएl यिनका अनुयायीहरुले यिनलाई ‘गुरु नानक’ र ‘नानकशाह’ नामले संबोधित गर्दछन्l गुरु नानक २० अगस्ट, १५०७ मा सिक्खहरुको प्रथम गुरु बनेका थिएl उनी यस पदमा २२ सेप्टेम्बर १५३९ सम्म रहेl
गुरु नानकदेवको परिचय
पंजाबको तलवंडी नामक स्थानमा १५ अप्रैल, १४६९ मा एकजना किसानको घर गुरु नानकदेव उत्पन्न भएl यो स्थान लाहौरदेखि ३० माइल पश्चिममा स्थित छl अब यो स्थान ‘नानकाना साहब’ को नामले परिचित छl तलवंडीको नाम अगाड़ी गएर नानकको नाममा ननकाना रहन गयोl नानकको पिताको नाम ‘कालू’ एवं माताको नाम ‘तृप्ता’ थियोl उनको पिता खत्री जाती एवं बेदी वंशका थिएl उनी कृषि र साधारण व्यापार गर्दथेl गुरु नानकदेवको बाल्यावस्था गाउंमा नै व्यतीत भयोl बाल्यावस्थादेखि नै उनमा असाधारणता र विलक्षणता थियोl उनका साथी जब खेल-कूदमा आफ्नो समय व्यतीत गर्थे भने उनी चाहीं आफ्ना आँखा बंद गरी आत्म चिंतनमा निमग्न हुन्थेl यिनको यस प्रवृत्तिले गर्दा उनका पिता कालू चिंतित रहन्थेl
गुरु नानकदेवको आरंभिक जीवन
सात वर्षको आयुमा पढ्नको लागी गोपाल नामक अध्यापककहाँ पठाइयोl एकदिन जब उनी पढ़ाईदेखि विरक्त भई अंतर्मुखी भएर आत्म-चिंतन अर्थात ध्यानमा निमग्न थिए, अध्यापकले सोधे- “किन नपढेको?” गुरु नानकको उत्तर थियो- “म सारा विद्याहरु एवं सम्पूर्ण वेद-शास्त्र जान्दछुl” गुरु नानकदेवले भने-“मलाई त सांसारिक विद्याको अपेक्षा परमात्माको विद्या अधिक आनंददायी प्रतीत हुन्छl” यसपश्चात् उनले पाठशाला छोड़ीदिएl उनी आफ्नो अधिकांश समय ध्यान,चिंतन-मनन एवं सत्संगमा व्यतीत गर्न लागेl गुरु नानकदेवसंग संभंधित सबै जन्म साखिहरु यस कुरालाई स्पष्ट गर्दछन् कि उनले विभिन्न संप्रदायहरुका साधु-महात्माहरुसंग सत्संग गरेका थिएl उनिहरुमा अधिकांश यस्ता थिए,जो धर्मशास्त्रका प्रकाण्ड पंडित थिएl अंत: साक्ष्यको आधारमा यो भलीभांति सिद्ध हुन्छ कि गुरु नानकदेवले फ़ारसी भाषाको पनि अध्ययन गरेका थिएl ‘गुरु ग्रंथ साहब’ मा गुरु नानकद्वारा केही यस्ता पद रचेका छन्,जसमा फ़ारसी शब्दहरुको आधिक्य छl
गुरु नानकदेवको बालपन
गुरु नानकको अंतर्मुखी प्रवृत्ति तथा विरक्त-भावनासंग उनको पिता कालू संधै चिंतित रहन्थेl नानकलाई विक्षिप्त सम्झेर कालूले उनलाई भैंसी चराउने काम दिएl ९ वर्षको अवस्थामा उनको यज्ञोपवित संस्कार भयोl यज्ञोपवीतको अवसरमा उनले पंडितहरुसंग भने- “दया कपास होस्,संतोष सूत्र होस्,संयम गाँठो होस् र सत्य त्यस जनाईको पूर्णता होस्l यही जीवका लागी ‘आध्यात्मिक’ यज्ञोपवीत संस्कार अर्थात जनाई होl”
गुरु नानकदेवको विवाह
सन् १४८५ ई. मा नानकदेवको विवाह बटाला निवासी,‘मूला’ नामक व्यक्तिको कन्या सुलक्खनीसंग भयोl उनको वैवाहिक जीवनको संबंधमा धेरै कम जानकारी पाइन्छl २८ वर्षको अवस्थामा उनको ज्येष्ठ पुत्र श्रीचन्दको जन्म भयोl ३१ वर्षको अवस्थामा द्वितीय पुत्र लक्ष्मीदास अथवा लक्ष्मीचन्द उत्पन्न भएl गुरु नानकदेवका पिताले उनलाई कृषि,व्यापार आदिमा लगाउन चाहे तर सारा प्रयास निष्फल सिद्ध भयोl घोड़ाको व्यापारको निमित्त दिइएको पैसालाई गुरु नानकदेवले साधुसेवामा लगाइदिए र आफ्नो पितासंग भने कि यही सही व्यापार होl
गुरु नानकदेवको तीर्थयात्रा
गुरु नानकदेवको पहिलो ‘उदासी’ (विचरण यात्रा) अक्टोबर,१५०७ ई। देखि १५१५ सम्म रह्योl यस यात्रामा उनले हरिद्वार, अयोध्या, प्रयाग, काशी,गया, पटना, असम, जगन्नाथपूरी, रामेश्वरम्, सोमनाथ, द्वारिका, नर्मदातट, बीकानेर, पुष्करतीर्थ, दिल्ली, पानीपत, कुरुक्षेत्र, मुल्तान, लाहौर आदि स्थानहरुको भ्रमण गरेl उनले धेरैको ह्रदय परिवर्तन गरेl ठगहरुलाई साधु बनाए,वेश्याहरुको अंतस्करण शुद्ध गरे,कर्मकाण्डीहरुलाई बाह्य आडम्बरहरुबाट निकालेर रागात्मिकता भक्तिमा लगाए,अहंकारीहरुको अहंकार नष्ट गरी उनिहरुलाई मानवताका पाठ पढ़ाएl यात्राबाट फर्किएर दुई वर्षसम्म आफ्ना माता-पितासंग निवास गरेl
उनको दोश्रो ‘उदासी’ १५१७ ई. देखि १५१८ सम्म मात्रै रह्योl यसमा उनले ऐमनाबाद,सियालकोट,सुमेरपर्वत आदिको यात्रा गरे र अंतमा उनी करतारपुर पुगेl तेस्रो ‘उदासी’ १५१८ ई. देखि १५२१ सम्म लगभग तीन वर्षसम्म रह्योl यसमा उनले रियासत बहावलपुर,साधुबेला (सिन्धु),मक्का,मदीना,बगदाद,बल्ख बुखारा,क़ाबुल,कंधार आदि स्थानहरुको यात्रा गरेl १५२१ ई. मा ऐमराबादमा बाबरको आक्रमण गुरु नानकदेवले आफ्नै आँखाले देखेका थिएl आफ्नो यात्रा समाप्त गरी अंततः उनी करतारपुरमा १५२१ ई. देखि १५३९ ई. सम्म बसेl
गुरु नानकदेवको व्यक्तित्व
गुरु नानकदेवको व्यक्तित्व असाधारण थियोl उनमा पैग़म्बर,दार्शनिक,राजयोगी,गृहस्थ,त्यागी,धर्म-सुधारक,समाज-सुधारक,कवि,संगीतज्ञ,देशभक्त विश्वबन्धु सबैको गुण उत्कृष्ट मात्रामा विद्यमान थियोl उनमा विचार-शक्ति र क्रिया-शक्तिको अपूर्व सामंजस्य थियो l उनले पूरै देशको यात्रा गरेl मानिसहरुमा उनको विचारहरुको असाधारण प्रभाव पर्योl उनको रचना ‘जपुजी’ को सिक्खहरुका लागी त्यही महत्व छ जुन महत्व हिन्दूहरुका लागी गीताकोl
गुरु नानकदेवको रचना एवं शिक्षा
‘श्री गुरु ग्रंथ साहब’ मा उनका रचनाहरु ‘महला १’ को नामले संकलित छन्l गुरु नानकदेवको शिक्षाको मूल निचोड़ यही हो कि परमात्मा एक,अनंत,सर्वशक्तिमान सत्य,कर्ता,निर्भय, निर्वैर,अयोनि,स्वयंभू होl ऊ सर्वत्र व्याप्त छl मूर्ति पूजाआदि निरर्थक छl बाह्य साधनहरुले उसलाई प्राप्त गर्न सकिंदैनl आतंरिक साधना नै उसको प्राप्तिको एकमात्र उपाय होl गुरु-कृपा,परमात्म-कृपा एवं शुभ कर्मको आचरण यस साधनाका अंग हुन्l नाम-स्मरण उसको सर्वोपरि तत्व हो,र ‘नाम’ गुरुद्वारा नै प्राप्त हुन्छl गुरु नानकदेवको वाणी भक्ति,ज्ञान र वैराग्यले ओत-प्रोत छl उनको वाणीमा यत्र-तत्र तत्कालीन राजनैतिक,धार्मिक एवं सामाजिक स्थितिको मनोहर झाँकी मिल्दछ,जसमा उनको असाधारण देशभक्ति र राष्ट्रप्रेम परिलक्षित हुन्छl उनले हिन्दू-मुसलमान दुबैको प्रचलित रूढ़ीहरु एवं कुसंस्कारहरुको तीव्र भर्त्सना गरेका छन् र साँचो हिन्दू अथवा साँचो मुसलमान बन्ने विधि बताएका छन्l संत साहित्यमा गुरु नानकदेव नै एकमात्र यस्ता व्यक्ति हुन्; जसले स्त्रीहरुको निंदा गरेका छैनन्,अपितु उनको महत्ता स्वीकार गरेका छन्l गुरु नानकदेवले आफ्ना अनुयायीहरुलाई जीवनको दसवटा शिक्षा दिएका छन् l
गुरु नानकदेवको शिक्षाहरु निम्नलिखित छन्-
१. ईश्वर एक छl
२. सदैव एउटै ईश्वरको उपासना गरl
३. ईश्वर सबै ठाउँ र प्राणीमात्रमा विद्यमान छl
४. ईश्वरको भक्ति गर्नेवालालाई कसैको पनि भय रहँदैनl
५. ईमानदारीसंग मेहनत गरेर उदरपूर्ति गर्नुपर्छl
६. नराम्रो कार्य गर्ने बारेमा नसोच्नु र कसैलाई पनि नसताउनुl
७. सदैव प्रसन्न रहनु, र ईश्वरको प्रार्थना गर्नुl
८. मेहनत र ईमानदारीको कमाईबाट आवश्यक भएकालाई दान दिनुl
९. सबै स्त्री र पुरुष बराबर छन्l
१०. भोजन शरीरनिर्वाहको लागी आवश्यक छ तर लोभ-लालच र संग्रहवृत्ति भने खराब होl
गुरु नानकदेवको मृत्यु
गुरु नानकदेवको मृत्यु सन् १५३९ ई. मा भयोl यिनले गुरुगद्दीको भार गुरु अंगददेव (बाबा लहना) लाई सौंपिए र आफु स्वयं करतारपुरमा ‘ज्योति’ मा लीन भएl गुरु नानकदेव आतंरिक साधानालाई सर्वव्यापी परमात्माको प्राप्तिको एकमात्र साधन मान्दथेl
प्रमुख समाचार
सम्वन्धित समाचार