Trending :
 

युभेन्ट्सको अपराजित यात्रा कायमै

मंसिर ०९,२०७५

-

 मंसिर ९, २०७५ एजेन्सी ।
 टोलीका प्रभावशाली स्ट्राइकर क्रिस्टियानो रोनाल्डो र मारियो मान्जुकीचले गोल गरेपछि युभेन्ट्सले इटालियन सिरिएमा आफ्नो अपराजित यात्रा कायम राखेको छ  । 
 
शनिबार राती भएको खेलमा युभेन्ट्सले एसपीएएललाई २–० गोलले हरायो । 
 
युभेन्ट्सको जितमा रोनाल्डोले २८औं मिनेटमा डिबक्स भित्रबाट गोलगर्दै सुरुवाती अग्रता दिलाए । पहिलो हाफमा १–० गोलको अग्रता बनाएको युभेन्ट्सले ६०औं मिनेटमा मान्जुकीचको गोल मार्फत अग्रतालाई दोब्बर बनाएको थियो । 
 
मान्जुकीचलृ टोलीको कप्तानी समेत सम्हालेका थिए । मध्यभागमा औसत खेल खेलेको एसपीएएलले गोल गर्न सकेन । जितसँगै युभेन्ट्स लिगको शिर्ष स्थानमा छ । लिगमा १३ खेल सकेको युभेन्ट्सले १२ जित र एक बराबरीको नतिजा सहित ३७ अंक बनाएको छ ।
 
यसैगरी शनिबार रातीनै भएको अर्को खेलमा दोस्रो स्थानमा रहेको इन्टर मिलानले रेलिगेसन जोनमा रहेको फ्रोसिनोनेलाई ३–० गोलले हराएको छ । एकपक्षीय खेलमा इन्टरका लागि केइटा बाल्डेले १०औं र ८२औं मिनेटमा दुई गोल गरे । अर्को गोल लउटारो मार्टिनेजले ५७औं मिनेटमा गरेका थिए । जितसँगै दोस्रो स्थानमा उक्लिएको इन्टरले १३ खेलबाट २८ अंक बनाएको छ । 
 
यस नतिजासँगै युभेन्ट्सको १३ खेलमा १२ जित र १ बराबरीसँगै ३७ अंक भएको छ । युभेन्ट्सले लिगको प्रत्यक खेलमा गोल गर्ने रेकर्डलाई कायम नै राखेको छ । दोस्रो स्थानमा रहेको नेपोलीको १२ खेलमा २८ अंक छ । नेपोलीले आइतबार किएभो भेरोनाको सामना गर्दैछ ।