Trending :
 

महिला विश्वकपको उपाधि अस्ट्रेलियालाई

मंसिर ०९,२०७५

-

 
मंसिर ९, २०७५ एजेन्सी ।
 
वेस्ट इन्डिजमा भएको आइसीसी टीट्वेन्टी महिला विश्पकप क्रिकेट प्रतियोगिताको उपाधि अस्ट्रेलियाले जितेको छ ।  आइतबार बिहान(स्थानीय समयअनुसार शनिबार राति) भएको फाइनल खेलमा इङ्ल्याण्डमाथि ८ विकेटको जित हात पार्दै अस्ट्रेलियाले चौथो पटक टीट्वेन्टी महिला विश्पकपको उपाधि जितेको हो। 
 
टस जितेर पहिले ब्याटिङ रोजेको इङ्ल्याण्डको महिला टोलीले १९।४ ओभरमा अलआउट हुँदै १०५ रन बनाएको थियो । १०६ रनको लक्ष्य अस्ट्रलियाको महिला टोलीले १५।१ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो। 
 
सेमिफाइनलमा अस्ट्रेलियाले पूर्वविजेता टोली वेस्ट इन्डिजलाई र इङ्ल्याण्डले भारतलाई पराजित गरी फाइनलमा पुगेका थिए । 
 
सन २००९ बाट सुरु भएको टीट्वेन्टी महिला विश्पकप को यो छैटौं संस्करण हो ।  ६ मध्ये यो सँगै अस्ट्रेलियाले ४ पटक उपाधि जितेको छ । इङ्ल्याण्ड र वेस्ट इन्डिजले एक–एक पटक उपाधि जितेका छन् । एजेन्सी ।