विश्वभरका मुसलमानहरूलाई अमेरिकाविरुद्ध एक हुन आह्वान
-
९ मंसिर २०७५ काठमाण्डौ l
काठमाडौं — इरानका राष्ट्रपति हसन रूहानीले शनिवार विश्वभरका मुसलमानहरूलाई अमेरिकाविरुद्ध एक हुन आह्वान गरेका छन् ।
उनले साउदीहरूलाई भाइ भन्दै उनीहरू तेहरानसँग डराउनु नपर्ने बताए । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इरान आणविक सम्झौताबाट पछि हटेर इरानमाथि आर्थिक प्रतिबन्ध लगाएपछि अप्ठ्यारोमा परेको इरानले यो आह्वान गरेको हो ।
अमेरिकाले इरानमाथि व्यापक प्रभाव पर्ने प्रतिबन्धहरू एकपक्षीय रूपमा लगाएको हो ।
रूहानीले शनिवार इस्लामिक एकता सम्मेलनमा बोल्दै भने, ‘पश्चिम एसियालाई आफ्नो गुलाम बनाउने योजना अमेरिकाले बनाएको छ । अपराधीहरूका लागि रातो कार्पेट ओछ्याउनुभन्दा मुसलमान सरकारहरूले अमेरिकाले यस क्षेत्रको क्यान्सरका रूपमा रहेको इजरायलविरुद्ध एक हुनुपर्छ ।’
शिया बाहुल्य इरानको सुन्नी प्रतिस्पर्धी साउदी अरबलाई उनले अपमानजनक अमेरिकी सहायता लिन बन्द गर्न आग्रह गरे । रूहानीले भने, ‘हामी साउदीहरूको हितलाई आतंकवादबाट जोगाउनका लागि पूर्ण क्षमताका साथ सुरक्षा दिन तयार छौं ।’
तर साउदी अरबले सन् २०१६ को जनवरीमा इरानसँग कूटनीतिक सम्बन्ध तोडिसकेको छ ।