सोनम कपूरकी बहिनी रिया कपूर निर्देशकसँग डेटिङमा
-
१० मंसिर २०७५ काठमाण्डौ l
काठमाडौं । बलिउडको प्रवृत्तिलाई सेलिब्रेटिले पछ्याउने गरेका छन् । अनुष्का शर्माको विराट कोहोलिसँगको विवाह र पछिल्लो समय रणवीर सिंहको दिपिका पनदुकोणसँगले बलिउडमा विवाहको मौसम सुरु भएको छ । अनुष्का पछि सोनम कपूरको विवाह, दीपिकाको विवाह र अहिले रणवीर कपूर र आलिया भट्टको विवाहको चर्चा चल्न थालेको छ ।
यसैवीच अनिल कपूरकी कान्छी छोरी एवम् सोनम कपूरकी बहिनी रिया कपूरको विवाहको कुरा वाहिर आएको छ । रिया सोनमको विवाहको पर्खाइमा मात्र रहेको चर्चामा चलेको छ ।
रिया कपूरलाई पर्दामा देखिने शौख छैन । उनको शौख हो पर्दा पछाडि काम गर्नु । उनि फेशन डिजाइनर र चलचित्र निर्माता हुन् । उनि निजि मामिलामा निकै हासिमजाक गर्छिन् । सोनमको विवाह अघि नै रियाले आफ्नो प्रेमिसँग परिवारलाई भेटाएकी थिइन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार रियाको प्रमि हुन् करण बलूनी। उनि पनि रिया जस्तै पर्देको पछाडि काम गर्छन् । करण सानो र ठुलो चलचित्रमा काम गरिसकेका छन् । उनले कयौ चलचित्र र शोमा निर्देशन, प्रोडक्शन र डबिङ्गको काम गरेका छन् । एजेंसी