रसियन कथा

मनुष्यको अंतहीन लालसालाई इंगित गर्ने रसियन कथा

बाँच्ने समय कहाँ छ? पहिले जमीन नापौं,ढुकुटी भरौं,बैंकमा पैसा जम्मा होस्;अनिफेरी बाँचौंला

मंसिर १०,२०७५

-माधव प्रसाद गर्तौला

१० मंसिर २०७५ काठमाण्डौ l  

 

एकजना मानिसको घरमा एकजना संन्यासी अतिथि आए- एक परिव्राजकl राती खानपिनपश्चात् कुराकानी भयोl ती परिव्राजकले भने- “तिमी यहाँ के सानो-तीनो खेती-पातीमा लागेका छौ? साइबेरियामा म यात्रामा थिएं त्यहाँ त जमीन यति धेरै सस्तोमा पाइन्छ कि सित्तैंमा भनेपनि हुन्छl तिमी यो जमीन छोडेर साइबेरिया जाऊl त्यहाँ तिमीले हजारौं माइल जमीन पाउंछौl धेरै जमीनमा आफ्नो मनले चाहेको खेती गर्नसक्छौl र त्यहाँका मानिसहरु यति धेरै सीधा-साधा छन् कि तिमीलाई सित्तैंमा जमीन उपलब्ध गराइदिन्छन्l”

 

त्यस मानिसको मनमा लालसा उत्पन्न भयोl उसले तुरुन्तै सबै जमीन बेचेर साइबेरिया तर्फ लाग्योl जब साइबेरिया पुग्यो तब संन्यासीको कुरा सही लाग्न थाल्योl उसले त्यहाँका जमीन्दारहरुसंग भन्यो, “म यहाँको जमीन किन्न चाहन्छुl” तिनिहरुले भने, “ठीक छ, तिमीले जमीन किन्नको लागी जति पैसा लिएर आएका छौ त्यो सबै हाम्रो कोषाध्यक्षलाई बुझाइदिनुl जमीन बेच्ने हाम्रो यही तरीका हो कि भोली बिहान सूर्य उदाउने बित्तिकै तिमी हिंड्न शुरु गर्नु र सूर्य अस्त हुने बेलासम्म जति जमीन नाप्न सक्छौ नाप्नु र सूर्य अस्ताउनुपूर्व जहाँबाट नाप्न शुरु गरेका थियौ त्यहीं आइपुग्नुl बस यही एउटा शर्त छl तिमीले जति धेरै जमीन नाप्न सक्छौ, त्यति जमीन तिम्रै हुनेछl”

 

जमीन्दारहरुको यस्तो कुरा सुनेर ऊ रात-भर सुत्नै सकेनl कुनै अरु भएपनि सुत्न सक्दैनथ्योl यस्तो क्षणमा कोई सुत्न सक्छ र? ऊ रातभरी धेरै भन्दा धेरै जमीन कसरी नाप्ने भन्ने बारेमा नै विचार गरिरह्योl बिहान सूर्य उदाउनेबित्तिकै दौड्योl उसको यस्तो अद्भुत जमीनप्रतिको लालसालाई हेर्नको लागी पूरा गाउँ नै जम्मा भएको थियोl बिहानको सूर्य उदायो, ऊ दौड्यो, उसले आफ्नो साथ आफ्नो लागी रोटीपनि लिएको थियोl पानीको पनि व्यवस्था गरेको थियोl बाटोमा भोक-प्यास लाग्यो भने दौडिंदा-दौडिंदै खाना खानेछु, पानीपनि पिउनेछुl रोकिन हुँदैन, बिस्तारै हिंड्नपनि हुँदैन... बस केवल दौडिंदै रहनुछ, उसले सोच्यो, हिंड्दाखेरी त आधा जमीनमात्रै नाप्न सक्छु, दौड़िएं भने दुईगुना बढ़ी नाप्न सक्छु- ऊ दौड्यो...धेरै तीव्र गतिले दौड्योl

 

उसले सोचेको थियो कि ठीक बार्ह बजे फर्किनेछु, ताकि सूर्य अस्ताउनुपूर्व नै पुग्न सकूंl बार्ह बज्यो, मीलौं दौड़िसकेको थियो, तर इच्छाको कुनै अंत छ? उसले सोच्यो कि बार्ह त बजिसक्यो, अब फर्किनुपर्छ; तर नजिकै अगाड़ी नै अरु उपजाऊ जमीन, अरु उपजाऊ जमीन... थोरै अरु नापियो भने के फ़रक पर्छ र! फर्किएर जाँदा अरु तीव्रगतिले दौडौंला, यति नै कुरा हो, फेरी त पूरा ज़िंदगी आराम नै आराम गर्नुछl एकै दिनको कुरा त हो.....!!

 

उसले पानीपनि पिएन, किनकी त्यसको लागी रोकिनुपर्छ, सोच्यो एकदिनकै कुरा हो, पछि पिउंला पानी, फेरी जीवनभरी नै पिउनुछ पानी, त्यसदिन उसले खानापनि खाएनl बाटैमा उसले खानापनि फ्याँकिदियो, पानीपनि फ्याँकिदियोl किनकी उसको भारपनि बहन गर्न परिरहेको थियोl यसैले राम्रोसंग दौडिनपनि सकिरहेको थिएनl उसले आफ्नो कोटपनि फुकालिदियो, आफ्नो टोपीपनि निकालिदियो, जति हलुका हुन सक्थ्यो भयोl

 

दिउसको एक बज्योl तर फर्किने मन भैरहेको थिएन, किनकी अगाड़ी अरु धेरै राम्रो जमीन देखिँदै थियोl तर फर्किन त थियो नै, दिउसको दुई बज्दै थियो, ऊ आत्तियोl अब शरीरले जवाब दिँदै थियोl पूरा तागत लगायो; तर तागत त समाप्त हुन लागिसकेको थियोl बिहानैदेखि दौडिरहेको थियोl स्वां-स्वां गर्दै थियो, आत्तिँदैपनि थियो कि पुग्न सक्छु कि सक्दिन सूर्य अस्ताउनुभन्दा पहिले भनेरl आफ्नो सारा तागत लगायो, पागल भएर दौड़ियो, आफ्नो जीवन नै दाउमा लगाइदियोl र सूर्य अस्ताउन लाग्यो...ज्यादा टाढापनि रहेको थिएन अब, मानिसहरु देखिन थालेl गाऊंका मानिसहरु खड़ा थिए र आव़ाज दिँदै थिए कि आऊ-आऊ! उत्साह दिँदै थिएl

 

उसले आफुमा भएको अंतिम तागत लगाइदियो- दौड्यो, दौड्यो....सूर्य अस्ताउन लाग्यो; यता सूर्य डुब्दैछ, उता ऊ दौडिँदैछ....सूर्य डुब्दाडुब्दै गएर लड्यो, केही पांच-सात फीटकै दूरी बचेको थियो; घस्रिन लाग्योl

 

अहिले सूर्यको अंतिम बिंदु क्षितिजमा रहेको थियो- घस्रिन लाग्योl र जब उसको हात त्यस जमीनको टुक्रामा पुग्यो, जहाँबाट दौड़ेको थियो, त्यस बिंदुमा सूर्य दुब्योl त्यहाँ सूर्य दुब्यो, यहाँ यो मान्छेपनि मर्योl यति धेरै मेहनत गर्यो! शायद हृदयघात भयोl र सारा गाउँका मान्छेहरु जसलाई सीधा-साधा सम्झिरहेको थियो, हाँस्न लागे र एक-अर्कासंग कुराकानी गर्न थाले!

 

“यस्ता पागल मान्छे आउँदै गर्छन्! यसप्रकारका मान्छे आइनै रहन्छन!”

यो कुनै नयाँ घटना थिएन, अक्सर मानिसहरु आउंथे ख़बर सुनेर, र यसैभाँती मर्थेl यो कुनै अपवाद थिएन, यो एउटा नियम नै बनिसकेको थियोl अहिलेसम्म यस्तो कुनै मान्छे आएको थिएन, जसले जमीन नापेर उसको मालिक बन्न सक्याहोस्l गाउँको मान्छेहरुको कमाउने माध्यम थिए यस्ता मान्छे!

 

यही कथा हामी सबैकोपनि होl हाम्रो ज़िंदगीको कहानी होl सबैको ज़िंदगीको कहानी यही नै त हो! यही त हामीपनि गर्दैछौं- दौडिँदैछौं कि कती जमीन नापौं...!! बार्ह पनि बज्छ, दिउसपनि आउँछ, फर्किने समय हुन लाग्छ- तर अझै अलिकती दौडौं....!! न भोकको चिंता छ, न प्यासकै!

 

बाँच्ने समय कहाँ छ? पहिले जमीन नापौं, ढुकुटी भरौं, बैंकमा पैसा जम्मा होस्; अनीफेरी बाँचौंला, फेरी पछि आरामले बाँचौला, एकैदिनको त कुरा हो! गरीब मर्छन् भोकै, धनवानपनि मर्छन् भोकै कहिल्यै कोई आरामले जीवनको परिपूर्णतामा बाँच्नै पाउँदैनl बाँच्नको लागी आराम, फुर्सत, अवकास चाहिन्छl बाँच्नको लागी अण्डर्स्ट्यान्डिङ्ग चाहिन्छl जीवन सित्तैंमा पाइँदैनl बाँच्नको लागी बोध चाहिन्छl 

 

यो पनि पढ्नुहोस्- आहार र आश्रयलाई नै परमगति मान्ने कौवाको दुर्गति