बोधकथा

‘आत्मप्रकाश नै सर्वोपरि प्रकाश’ बोधकथा

आत्मा जस्तो निश्चल,स्वच्छ,शुभ्र प्रकाश यस पृथ्वीमा अन्य कुनैपनि ठाउँमा विद्यमान छैन

मंसिर ११,२०७५

-माधव प्रसाद गर्तौला

११ मंसिर २०७५ काठमाण्डौ l

 

एकपटक महर्षि याज्ञवल्क्य र राजर्षि जनक आपसमा बसेर कुनै विषयमाथि चर्चा-परिचर्चा गरिरहेका थिएl त्यसैसमय राजर्षि जनकले जिज्ञासावश महर्षि याज्ञवल्क्यसंग प्रश्न गरे- “महर्षे! हामी कसको ज्योतिले हेर्ने सामर्थ्य प्राप्त गर्छौं?” महर्षिले भने- “सूर्यको ज्योतिलेl” यो सुनेर जनकले भने- “जब सूर्य अस्त हुन्छ तब हामीलाई कहाँबाट प्रकाश प्राप्त हुन्छ?

 

जनकको अर्को प्रश्न सुनेर महर्षिले भने- “सूर्य अस्त भएपछि चन्द्रमाले हामीलाई प्रकाश दिन्छl” महर्षिको यस्तो जवाफ सुनेर जनकले फेरी प्रश्न गरे- “महर्षि यदि जब आकाशमा बादल छायो भने र अमावस्याको कालो रातमा हामी आफ्नो मार्ग भट्क्यौं भने तब त्यससमय प्रकाश कहाँबाट उत्पन्न हुन्छ र हामी कुन प्रकाशको सहाराले भट्किएको मार्गबाट सही मार्गमा आउन पाउँछौं?”

 

जनकले फेरी गरेको प्रश्न सुनेर महर्षिले मुस्कुराउँदै भने- “तब शब्दको सहाराले हाम्रो मार्ग प्रकाशमान हुन्छ र शब्दले हामीलाई भन्छन्, नभटक्नु म तिम्रो साथ छु, मेरो आव़ाजलाई माध्यम बनाएर, प्रकाश मानेर अगाड़ी बढ्दै गरl” तर राजर्षि जनकले आज पूर्णरूपमा महर्षिसंग विवादको मनसाय बनाइसकेका थिएl उनले महर्षिको यो उत्तर सुनेर फेरी प्रश्न गर्दै भने- “महर्षि! यदि सूर्य, चन्द्रमा तथा शब्दहरुको पनि अभाव भयो भने त्यससमय हाम्रो मार्ग प्रशस्त गर्नको लागी कसले प्रकाशको रूप लिन्छ?”

 

महर्षि याज्ञवल्क्यले जनकको यस प्रश्नको उत्तरमा भने- “राजर्षे जनक! यदि प्रकाश सबै तर्फबाट लुप्त भयो भने र अंधकारमा मनुष्यलाई केहीपनि देखिएन भने तब त्यससमयमा आत्माको ज्योति नै सर्वोपरि हुन्छl हाम्रो आत्माले हामीलाई हरेक विपत्तिहरुबाट बचाउन र सदैव सत्यको मार्ग देखाउन हरक्षण तत्पर रहन्छl आत्मा जस्तो निश्चल, स्वच्छ, शुभ्र प्रकाश यस पृथ्वीमा अन्य कुनैपनि ठाउँमा विद्यमान छैनl”

 

महर्षि याज्ञवल्क्यको यस जवाफमा कि आत्माको प्रकाश नै सर्वोत्तम हो र अन्य सबै प्रकाश लुप्त भएपनि आत्माको प्रकाशले नै मनुष्यलाई मार्ग देखाउँछ यो बुझेर जनक संतुष्ट भए र महर्षि याज्ञवल्क्यको चरणमा नतमस्तक भएl