आर्थिक प्रसङ्ग
जेठ ०३,२०७४
-
३,जेठ,काठमाडौं –
नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चारको लागि विकास गरेको इन्टरनेट प्याकेज तयार भएको छ । दूरसञ्चार विकास कोषको रकम खर्चेर प्राधिकरणले सुरु गरेको ६१ जिल्लाको इन्टरनेट प्याकेज तयार भएको हो ।
त्यस्तै एउटा प्याकेजमा चारवटा जिल्ला समेटिएको छ । १५ वटा प्याकेज स्थानीय तहको चुनावपछि सार्वजनिक गर्ने प्राधिकरणले जनाएको छ । राजनीतिक दलका उम्मेदवारले गाउँगाउँमा इन्टरनेट र वाइफाइ जोन बनाउँछु भन्दै हिड्नुको आधार पनि यही हो ।
त्यसैगरी दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई आम्दानीको दुई प्रतिशत रकम अनिवार्य रूपमा कोषमा जम्मा गर्ने व्यवस्था छ । यही रकमको प्रयोग गरी प्राधिकरणले ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा दिने योजना अगाडि सारेको हो । अगामी दुई वर्षभित्रै तयार पार्ने इन्टरनेट सेवाको पूर्वाधार विकासमा करिब १५ अर्ब रुपैयाँ खर्चिने योजना तय भइसकेको प्रधिकरणले जनाएको छ।
प्रमुख समाचार