Trending :
 

क्यान्सरको उपचारपछि घर फर्किइन् सोनाली बेंद्रे

मंसिर १८,२०७५

-

१८ मंसिर २०७५ काठमाण्डौ l 
 
 
मुम्बाई l बलिउडका प्रख्यात कलाकार सोनाली बेंद्रेअमेरिकमा क्यान्सरको उपचारपछि घर फर्किनुभएको छ । उहाँ सोमबार विहान सबेरै मुम्बाई फर्किनु भएको हो । 
 
 
सोनालीको स्वास्थ्यमा राम्रो सुधारपछि न्युर्योकबाट मुम्बाई फर्र्र्किएको उहाँका श्रीमान गोल्डी बेहलले बताउनु भएको छ । सोनालीको स्वास्थ्यमा राम्रो सुधार भएको र अव थप उपचारको लागि न्युर्योक जानु नपर्ने बेहलले बताउनु थप भएको छ । 
 
 
करिब छ महिनादेखि सोनाली राम्रो होस भन्ने चाहाना राख्ने सबैलाई उनी राम्रो भएको खबर गर्न चाहेको बेहलले बताउनु भएको छ । 
 
 
यस अवधिमा सोनालीप्रति सबैले देखाउनु भएको माया र समर्थनको लागि बेहले धन्यवाद दिनु भो । अव सोनालीको उपचार पूरा भएको र अव उनी पूर्णरुपमा स्वास्थ्य भएकी बेहलले बताउनु भएको छ । 
 
न्युर्योकमा सोनालीको उपचारपछि उनलाई घर फर्काउन पाएको आफू अत्यन्त खुशि भएको बेहलले बताउनु भएको छ । 
 
 
अरु विरामीले जस्तो उनको पनि नियमित जाँच गराउनु पर्ने बताइएको छ । सोनाली बलियो आत्मबल भएको महिला र उनीप्रति आफूलाई गर्व रहेको बेहल बताउनु भएको छ । एएनआई