Trending :
 

वैज्ञानिकहरूले बनाए पुरुषका लागि गर्भनिरोधक जेल

मंसिर १८,२०७५

-

१८ मंसिर २०७५ काठमाण्डौ l 
 
 
एजेंसी l सम्बन्ध बनाएको बेलामा कन्डम लगाउन नचाहने पुरुष र बनाएपछि गर्भनिरोधक चक्की खान नचाहने महिलाका लागि वैज्ञानिकहरूले जेल बनाएका छन् । 
 
 
जनसंख्या परिषद्का युनिस केनेडी श्रीभरले एउटा यस्तो जेल बनाएका छन् जसको प्रयोग पुरुषहरूले गर्दा महिलामा गर्भ बस्दैन । यो जेलले पुरुषहरूमा भएको शुक्रकीटको संख्यामा कमी ल्याउँछ । तर यो अस्थायी उपाय मात्र हो । 
 
 
गर्भनिरोध अभियान चलाउने डा. डायना ब्लाइथ भन्छिन्, ‘धेरै महिला हर्मोनल गर्भनिरोधक प्रयोग गर्न पाउँदैनन् । अनि पुरुषको गर्भनिरोधक साधन भनेको कन्डम र नसबन्दी मात्र हो । त्यसैले अहिले बनेको जेल पुरुष गर्भनिरोध क्षेत्रमा असरदार र बलियो माध्यम हो । यसले सार्वजनिक स्वास्थ्यको एक महत्त्वपूर्ण कमीलाई पूरा गर्छ ।’
 
 
यो जेलको नाम एनईएसटी राखिएको छ । पुरुषले जेललाई ढाड र काँधमा दल्नुपर्छ । जेल छालामा सोसिएपछि असर देखाउन थाल्छ । जेल बनाउनका लागि टेस्टोस्टेरोनसँगै सेजेस्टेरोन नामक कम्पाउन्ड पनि छ । 
 
 
सेजेस्टेरोनले पुरुषहरूको अण्डकोषमा भएको टेस्टोस्टेरोनको प्राकृतिक उत्पादनलाई रोक्छ जसले वीर्यको उत्पादनलाई स्वात्तै कम गरिदिन्छ । तर यसले यौनेच्छामा कुनै कमी ल्याउँदैछ । 
 
 
यो जेललाई संसारभरिका ४२० जोडीमा परीक्षण गरिनेछ र यसको असरको परीक्षण हुनेछ ।