बोधकथा

म नितांत एक्लै छु,जो एक्लो हुन समर्थ छ;उसैले मेरो अनुभूति गर्छ

अहंकारले दोस्रो पंथको मानिसहरुसंग समन्वय स्थापित हुनै दिँदैन

मंसिर १८,२०७५

-माधव प्रसाद गर्तौला

१८ मंसिर २०७५ काठमाण्डौ l

 

एकजना तपस्वी आफ्नो आध्यात्मिक गुरुको सान्निध्यमा धेरै वर्षसम्म रहेर तपस्या गरिरहेl एकदिन उनले आफ्नो गुरुसंग भने- “श्रद्धेय गुरुवर! हजुरको अनुकंपाले मलाई साधनाका अनेक सूत्रहरुको गहन जानकारी भैसकेको छ, अब म जंगलमा गएर एकांत साधना गर्न चाहन्छुl” गुरुले भने- “ठीक छ वत्स, जस्तो तिम्रो इच्छाl” तपस्वीले गुरुको चरण-स्पर्श गरेर आशीर्वाद लिए र जंगलतर्फ प्रस्थान गरेl जंगलमा तपस्वीले कुटी बनाए र एकांत साधनामा लीन भएl गहन साधना गर्दा-गर्दै उनलाई यो अनुभव हुन लाग्यो कि उनी एक्दमै नितांत एक्लै छन्l

 

एकरात सपनामा उनलाई परमात्माको दर्शन भयो र उनले पाए कि परमात्मा त उनि भन्दापनि एक्लै छन्l भयंकर एक्लोपनलाई देखेर उनी आश्चर्यमा परेl चकित भएर उनले परमात्मासंग सोधे- “भगवन्! के हजुरपनि एक्लै? तर हजुरका त असंख्य भक्तहरु छन्, तिनिहरु सबै कहाँ छन्?” तपस्वीको कुरा सुनेर परमात्माले भने- “म त अनादीकालदेखि एक्लै छु, यसैले जो नितांत एक्लै हुन्छ, केवल उही मेरो अनुभूति गर्न समर्थ हुन्छl रह्यो कुरा भक्तहरुको र तथाकथित धार्मिक मानिसहरुको ती सबै मेरो साथ कहिल्यैपनि थिएनन्l र उनिहरु मसंग कहिल्यैपनि सम्बंधित हुनै सक्दैनन्, किनकी उनिहरुले आफ्नो सुविधा र आफ्नो स्वार्थअनुसार आफ्नो इष्टदेव तथा आ-आफ्ना पंथ र संप्रदाय बनाएका छन्l” परमात्माले आफ्नो कुरा समाप्त गर्दै भने- “म सदैव एक्लै छुl यसैले जो एकनिष्ठ छ, आत्मनिष्ठ र स्थितप्रज्ञ छ, केवल उसैलाई मेरो उपस्थितिको अनुभव हुन्छl”

 

यतिकैमा तपस्वीको सपना टुट्यो र उनी आत्तिँदै ओछ्यानबाट उठेl तीव्रगतिले उनी आफ्नो गुरुको आश्रममा पुगेl बिहान हुने बेला थियो, गुरुजी आफ्नो स्नान-ध्यानको तयारी गरिरहेका थिएl उनले स्वां-स्वां गर्दै गुरुसंग राती देखिएको सपनाको विषयमा सारा वृत्तांत सुनाए र भने- “गुरुजी यस स्वप्नको के अर्थ हो?” गुरुजीले उनलाई सम्झाउँदै भने- “स्वप्न यदि हुन्थ्यो भने म तिमीलाई त्यसको अर्थपनि स्पष्ट गरिदिन्थें, तर यो त सत्य नै हो कि स्वप्न हुँदैन, आभासमात्र हुने होl र सत्य सत्य नै हुन्छl सत्यको व्याख्या गर्न सकिंदैनl वत्स, आफ्नो विवेकलाई जागृत गर र अंतर्दृष्टिमा परेको पंथ, संप्रदायरूपी आवरणलाई हटाएर हेर, तब तिमीलाई आफ्नो अंत:करणमा दिव्यताको अनुभव हुनेछl यही तिम्रो धर्म होl

 

प्राय: पंथ, संप्रदायको नाममा मनुष्य अन्य मनुष्यहरुसंग तुलनात्मक व्यवहार गर्न थाल्छl ऊ आफ्नो पंथलाई श्रेष्ठ साबित गर्न चाहन्छl व्यक्तिको यो चाहतले नै उसलाई अहंकारी बनाइदिन्छl मनुष्यको मनको सबैभन्दा ठुलो बाधा नै यही हो कि उसको अहंकारले दोस्रो पंथको मानिसहरुसंग समन्वय स्थापित हुन दिँदैन, जसकारण उसको मन व अंत:करणको मध्य असंतुलन बनिरहन्छl यस असंतुलनले धर्मको उत्पत्ति कदापि हुनदिँदैनl जब हामी आफ्नो मन, हृदय र सामाजिक परिवेश, तीनैमा संतुलन स्थापित गर्छौं, तब आफ्नो वास्तविक स्वरूपमा स्थित हुन्छौं, आफ्नो धर्ममा स्थित हुन्छौंl