Trending :
 

इस्लाम

इस्लाम धर्म एक बिहंगम दृष्टि

इस्लाम एकेश्वरवादी धर्म हो जो अल्लाहमार्फत अंतिम रसूल एवं नबी,मुहम्मदद्वारा समस्त मानवजातिसम्म पुर्याइयो

मंसिर १९,२०७५

-माधव प्रसाद गर्तौला

१९ मंसिर २०७५ काठमाण्डौ l 

 

इस्लाम एउटा एकेश्वरवादी धर्म हो जो अल्लाहको तर्फबाट अंतिम रसूल एवं नबी, मुहम्मदद्वारा समस्त मानवजातिसम्म पुर्याइयोl अंतिम ईश्वरीय किताब (क़ुरआन) को शिक्षामा आधारित छl इस्लाम शब्दको अर्थ हो- ‘अल्लाहलाई समर्पण’l यस प्रकार मुसलमान त्यो हो, जसले स्वयंलाई अल्लाहलाई समर्पित गरिदियो, अर्थात् इस्लाम धर्मको नियमअनुसार आफ्नो जीवन बिताउन थाल्योl

 

इस्लाम धर्मको आधारभूत सिद्धांत अल्लाहलाई सर्वशक्तिमान, एकमात्र ईश्वर र जगतको पालक तथा हज़रत मुहम्मदलाई उन (अल्लाह) को संदेशवाहक या पैग़म्बर मान्नु होl यही कुरा उनिहरुको ‘क़लमा’ मा दोहोर्याइन्छ- ला इलाहा इल्लल्लाह मुहम्मदुर्रसूलुल्लाह अर्थात् ‘अल्लाह एक छ, उसको अलावा कुनै अर्को (दोस्रो सत्ता) छैन र हज़रत मुहम्मद उनको रसूल या पैग़म्बर हुन्l कुनैपनि शुभकार्य गर्नुभन्दा पूर्व मसलमान यही क़लमा पढ्दछन्l

 

इस्लाम धर्ममा अल्लाहलाई केही हदसम्म साकार मानिएको छ, जो चाहीं यस दुनियाँबाट धेरै टाढा सातौं आसमान (लोक) मा रहन्छन्l उनले अभाव (शून्य) मा केवल ‘कुन’ भनेर नै सृष्टि गर्दछन्l उनको रचनाहरुमा आगोबाट बनेका फ़रिश्ताहरु र माटोबाट बनेका मनुष्यहरु सर्वश्रेष्ठ छन्l गुमराह (अधार्मिक, अन्यधर्मी) फ़रिश्ताहरुलाई ‘शैतान’ भनिन्छl इस्लाम धर्मअनुसार मनुष्य सिर्फ़ एकपटक यस दुनियाँमा जन्म लिन्छl मृत्युपश्चात् पुन: ऊ ईश्वरीय निर्णय, क़यामत (प्रलय) को दिन पुन: जीवित भएर मनुष्यको रूपमा गरिएका शुभ-अशुभ कर्मअनुसार नै ‘जन्नत’ (स्वर्ग) या ‘दोज़ख’ (नर्क) प्राप्त गर्दछl

 

इस्लाम धर्मलाई शुरुदेखि नै सबैको विरोध सहन पर्योl उसले निर्भीकतापूर्वक जब अरुका मिथ्या विश्वासहरुको खंडन गर्यो, तब सबैले भरसक इस्लामलाई जरादेखि नै उखालेर फ्याँक्ने प्रयत्न गरेl वास्तवमै प्रारंभदेखि नै जुनप्रकारको विरोध थियो, यदि त्यस्तैप्रकारको दृढ़ता मुसलमानहरु र उनका धर्मगुरुहरुले नदेखाएको भए कसले भन्न सक्थ्यो कि इस्लाम यसप्रकार संसारकै इतिहासलाई परिवर्तन गर्न समर्थ हुन सक्थ्यो!

 

भारतमा इस्लाम धर्मको प्रवेश

७१२ ई. मा भारतमा इस्लामको प्रवेश भैसकेको थियोl मुहम्मद-इब्न-क़ासिमको नेतृत्वमा अरबका मुसलमानहरुले वर्त्तमान पाकिस्तानको सिंधमाथि हमला गरिदिए र त्यहाँका तत्कालीन ब्राह्मण राजा दाहिरलाई पराजित गरेl यसप्रकार भारतको भूमिमा पहिलो पटक इस्लामको झंडा फहरायोl पछिका शताब्दिहरुमा हिन्दू राजाहरुले उनिहरुलाई फेरी हटाउन सकेनन्l तर सिंधमाथि अरबिहरुको शासन वास्तवमा निर्बल थियो र ११७६ ई. मा शहाबुद्दीन मुहम्मद गोरीले उसलाई सजिलै परास्त गर्योl यसभन्दा पूर्व सुबुक्तगीनको नेतृत्वमा मुसलमानहरुले भारतको पंजाब खोसेका थिए र गज़नीको सुल्तान महमूदले ९९७ देखि १०३० ई. को बीच भारतमा सत्रपटक सम्म हमला गर्यो र हिन्दू राजाहरुको शक्तिलाई छिन्न-भिन्न पार्यो, तरपनि हिन्दू राजाहरुले मुसलमानी आक्रमणको जुन अनवरत रीतीले प्रबल विरोध गरे, उसको महत्वलाई कम गरेर आँक्न हुँदैनl

 

अरब

अत्यंत प्राचीन कालमा ‘जदीस’, ‘आद’, ‘समूद’, आदि जातिहरु, जसको अब नाम मात्र शेष छ, अरबमा निवास गर्दथे, तर भारत सम्राट हर्षवर्द्धनको सम-सामयिक हज़रत मुहम्मदको समय ‘कहतान’, ‘इस्माईल’ र ‘यहूदी’ वंशका मानिसहरु नै अरबमा निवास गर्दथेl प्राचीन कालमा अरब निवासी सुसभ्य र शिल्प-कलामा प्रवीण थिएl तर कालांतरमा उनका वंशज घोर अविद्या-अंधकारमा निमग्न भए र सारा शिल्पकलालाई बिर्सेर ऊँट, भेडा-बाख्रा चराउनमा मात्र उनिहरुको जीविकाको उपाय रह्योl उनिहरु यसका लागी एक स्रोतदेखि अर्को स्रोत र एक स्थानदेखि अर्को स्थानमा हरियाली भूमिलाई खोज्दै तंबूमा निवास गरेर कालक्षेप गर्न लागेl कनखजूरो, माउसुली आदि जीवहरु नै उनिहरुको खाद्यपदार्थ थिएl प्रज्वलित अग्निमा कुनै जीवित मनुष्यलाई हालिदिनु कुनै असाधु कर्म मानिदैन थियोl हिन्दू पुत्र ‘अम्रु’ ले आफ्नो भाइको हत्यापछि एउटाको बदला सयलाई मार्ने प्रतिज्ञा लिएl

 

हज़रत मुहम्मद

इस्लाम धर्मको प्रवर्तक हज़रत मुहम्मद साहब थिएl जसको जन्म ५७० ई. मा सउदी अरबको मक्का नामक स्थानमा कुरैश क़बीलाको अब्दुल्ला नामक व्यापारीको घरमा भएको थियोl जन्मको पूर्व नै पिताको र पाँच वर्षको आयुमा माताको मृत्यु भएको फलस्वरूप उनको पालन-पोषण उनको हजुरबुवा मुतल्लिब र काका अबू तालिबले गरेका थिएl पच्चीस वर्षको आयुमा उनले ख़दीजा नामकी एक विधवासंग विवाह गरेl मुहम्मद साहबको जन्मको समयमा अरबवासी अत्यंत पिछडिएका थिएl अतः मुहम्मद साहबले ती समुदायहरुलाई संगठित गरी एक स्वतंत्र राष्ट्र बनाउने प्रयास गरेl १५ वर्षसम्म व्यापारमा रहेपश्चात् उनी व्यापारी कारोबार छोडेर चिंतन-मननमा लीन भएl मक्काको समीप हिरा नामक पहाड़को टुप्पोमा धेरै दिनसम्म चिंतनशील भएपश्चात् उनलाई देवदूत जिबरीलको संदेश प्राप्त भयो कि उनी गएर क़ुरान शरीफ़को रूपमा प्राप्त ईश्वरीय संदेशको प्रचार गरून्l तत्पश्चात् उनले इस्लाम धर्मको प्रचार शुरू गरेl उनले मूर्ती पूजाको विरोध गरे, जसकारण मक्काका पुरोहितवर्ग भड्के र अंततः मुहम्मद साहबले १६ जुलाई ६२२ मा मक्का छोडेर त्यहाँदेखि ३०० किलोमीटर उत्तरतर्फ यासरीब (मदीना) भन्ने ठाउँमा गएl उनको यो यात्रा इस्लाममा ‘हिजरत’ कहलाइन्छl यसै दिनदेखी ‘हिजरी संवत’ को प्रारंभ भएको मानिन्छl कालांतरमा ६३० ई. मा आफ्ना लगभग १० हजार अनुयायीहरुको साथ मुहम्मद साहबले मक्कामाथि आक्रमण गरेर उसलाई जीते र त्यहाँ इस्लामलाई लोकप्रिय बनाएl दुई वर्षपछि ८ जून, ६३२ ई. मा उनको निधन भयोl

 

तत्कालीन मुर्तिहरु

‘हुब्ल’, ‘लात्’, ‘मनात्’, ‘उज्ज’, आदि भिन्न-भिन्न अनेक देव-प्रतिमाहरु त्यस समय अरबका प्रत्येक समुदायका मानिसहरुको इष्टदेवताकारूपमा रहेका थिएl ‘अमरू’ नामक काबाको एक प्रधान पुजारीले ‘शाम’ देशमा सुने कि यसको आराधनाले दुष्कालबाट रक्षा र शत्रुमाथि विजय प्राप्त हुन्छl उसैले पहिलो पटक शाम नामक देशबाट केही मूर्तिहरु ल्याएर काबाका मंदिरहरुमा स्थापित गरेका थिएl हेर्दा-हेर्दै यसको प्रचार यति धेरै भयो कि सारा देश नै मूर्तिपूजामा निमग्न भयोl एउटै काबा मंदिरमा ३६० वटा देवमूर्तिहरु थिए, जसमा हुब्ल-जुनचाहीं छतमा स्थापित थिए, कुरैशवंशीहरुलाई इष्ट थिएl ‘जय हुब्ल’ यिनीहरुको जातीय घोष थियोl मानिसहरु मान्दथे कि यी मूर्तिहरुले ईश्वरलाई प्राप्त गराइदिन्छन्, यसैले उनिहरुले यिनको पूजा गर्दथेl अरबी भाषामा ‘इलाह’ शब्द देवता र उनको मुर्तिहरुको लागी प्रयुक्त हुन्छ; तर ‘अल्लाह’ शब्द ‘इस्लाम’ कालदेखि पहिले त्यस समयपनि एउटै ईश्वरको लागी प्रयुक्त हुन्थ्योl

 

श्रीमती ‘ख़दीजा’ र उनका भाई ‘नौफ़ल’ मूर्तिपूजा-विरोधी यहूदी धर्मको अनुयायी थिएl आफ्नो जीवनयात्रामा अनेक शिष्ट महात्माहरुको सत्संग एवं मानिसहरुको पाखण्डले दुबैलाई मूर्तिपूजाबाट विमुख बनाइदिएl उनी ईसाई भिक्षुहरुको भांति बहुधा ‘हिरा’ नामक पहाड़को गुफामा एकांत-सेवन र ईश्वर-प्रणिधानका लागी जाने गर्दथेl ‘इका बि-इस्मि रब्बिक’ यो प्रथम क़ुरान वाक्य पहिले त्यहीं देवदूत ‘जिब्राइल’ द्वारा महात्मा मुहम्मदको हृदयमा अवतरण भएको थियोl त्यस समय देवदूतको विशालकाय शरीरलाई हेरेर क्षणभरका लागी उनी मुर्च्छित भएका थिएl जब उनले यस वृत्तांतलाई श्रीमती ख़दीजा र नौफ़ललाई सुनाए तब उनले भने अवश्य नै त्यो देवदूत थियो जसले यस भगवात् वाक्यलाई लिएर तिमीसामु आएको थियोl

 

इस्लामको प्रचार

ईश्वरको दिव्य आदेशलाई प्राप्त गरेर उनले मक्काका दाम्भिक र समागत यात्रीहरुलाई क़ुरानको उपदेश सुनाउन आरंभ गरेl मेलाका ख़ास दिनहरु (‘इह्रामको महिना) मा टाढाबाट आएका तीर्थ-यात्रीहरुको समूहलाई छल-पाखण्डयुक्त लोकाचार र अनेक देवताहरुको उपासनाको खण्डन गरी, त्यो एक ईश्वर (अल्लाह) को उपासना र शुद्ध तथा सरल धर्मको अनुष्ठानको उपदेश गर्दथेl ‘कुरैशी’ समुदायका मानिसहरु आफ्नो इष्ट, आचार र आम्दानीको यसप्रकार निन्दा र त्यसमाथि यसप्रकारको कुठाराघात भएको देख्दापनि ‘हाशिम’- परिवारको चिरशत्रुताको भयले उनलाई मार्ने हिम्मत गर्न सक्दैनथेl तर यस नविन धर्म-अनुयायीहरुले दास-दासीहरुलाई तप्त बालुवामाथि सुताउने, कोड़ा हान्ने, तथा धेरै कष्ट दिने गर्दथे; तरपनि धर्मका मतवालाहरुले प्राणपणसंग आफ्नो धर्मलाई नछोड्न तयार थिएl यस अमानुषिक असह्य अत्याचारलाई दिन-प्रतिदिन बढ्दै गरेको देखेर अंतमा महात्माले अनुयायीहरुलाई ‘अफ्रीका’ खण्डको ‘हब्स’ नामक राज्यमा- जहाँको राजा धेरै न्यायपरायण थियो- जानको लागी अनुमति दिएl जसरी-जसरी मुसलमानहरुको संख्या बढ्दै गैरहेको थियो त्यसरी-त्यसरी नै ‘कुरैशी’हरुको द्वेषपनि बढिरहेको थियो; तर ‘अबुतालिब’ को जीवनपर्यंत खुलेर उपद्रव गर्ने हिम्मत भने उनिहरुको थिएनl जब ‘अबुतालिब’को देहांत भयो तब उनिहरुले खुल्लेआम विरोध गर्नको लागी कम्मर कसेl

 

हज़रत मुहम्मदको मदीना-प्रवास

अब महात्मा मुहम्मदको अवस्था ५३ वर्षको भएको थियोl उनकी पत्नी श्रीमती ‘ख़दीजा’ को देहांत भैसकेको थियोl एक दिन ‘कुरैशी’हरुले मुहम्मद साहबको हत्याको अभिप्राय लिई उनको घरलाई चारैतर्फबाट घेरे, तर मुहम्मद साहबलाई यसको खबर पहिले नै भैसकेको थियोl उनले तत्काल त्यहाँबाट ‘यासरीब’ (मदीना) तर्फ प्रस्थान गरेl त्यहाँका शिष्य-वर्गले अति श्रद्धाका साथ गुरु-सुश्रुषा गर्ने प्रार्थना गरे, र उनको लागी भोजन, वासगृह आदिको प्रबंध मिलाएl जबदेखि उनको निवास ‘यासरीब’मा भयो, तबदेखि त्यस नगरको नाम ‘मदीतुन्नबी’ या ‘नबी’को नगर प्रख्यात भयोl त्यसैलाई सानो बनाएर आजकल केवल ‘मदीना’ भनिन्छl ‘क़ुरान’मा तीस खण्ड छन् र ती ११४ ‘सूरत’ (अध्याय) हरुमा विभक्त छन्l निवास-क्रमदेखि प्रत्येक सूरत ‘मक्की’ या ‘मद्नी’ नामले पुकारिन्छ, अर्थात् मक्कामा अवतरण भएका ‘सूरत’हरु ‘मक्की’ र मदीनामा अवतरण भएका ‘सूरत’हरुलाई ‘मद्नी’ भनिन्छl

 

हज़रत मुहम्मद अंतिम पैग़म्बर

“जो कोही परमेश्वर र उसद्वारा प्रेरित (पैग़म्बर) को आज्ञा मान्दैन, उसलाई सर्वदाको लागी दोज़ख (नर्क) को अग्नि छl” महात्मा मुहम्मदको आचरणलाई आदर्श मानेर उसलाई अरुको लागी अनुकरणीय भनिएको छl “तिम्रो लागी प्रभु-प्रेरित (पैग़म्बर) को सुंदर आचरण अनुकरणीय छl” मैले माथी भनिसकेको छु कि अरबका मानिसहरु त्यस समय एकदम असभ्य थिएl उनिहरुलाई साना-सानादेखि लिएर ठुला-ठुला आचार र सभ्यता-सम्बन्धी व्यवहारहरुलाई पनि विस्तारमा समझाउन पर्थ्योl उनलाई गुरु-शिष्य, पिता-पुत्र, साना-ठुलाका संबंधको पनि विशेष विचार थिएनl महात्मा मुहम्मदलाई गुरु र प्रेरित (पैग़म्बर) स्वीकार गर्दा उनको यही मुख्य संबंध मुसलमानहरुका साथ छ, न कि दाजु-भाई, काका-भतीजावाला सांसारिक संबंध; यथा- “मुहम्मद तिमी सबै पुरुषहरुमा कसैको पिता होइनन्, उनी प्रभु-प्रेरित र सबै प्रेरितहरुमा मुहर (अंतिम) हुन्l” ‘समस्त मुसलमानहरुका उनी (मुहम्मद) को साथ प्राणभन्दापनि अधिक गहिरो संबंध हुन्छ र उनकी स्त्रीहरु तिमी (मुसलमान) हरुको माता समान हुन्छिन्l’

 

क़ुरान शरीफ़

इस्लाम धर्मको पवित्र पुस्तकको नाम क़ुरान हो जसको हिन्दी एवं अन्य भाषामा अर्थसहित ‘सस्वर पाठ’ उपलब्ध छl क़ुरान शरीफ़ २२ वर्ष ५ महिना र १४ दिनको लामो समयमा आवश्यकताअनुसार किस्ता (खण्ड) मा अवतरण भएको होl क़ुरान शरीफ़मा ३० पारा, ११४ सूरतहरु र ५४० रुकूअ छन्l क़ुरान शरीफ़को कुल आयतको संख्या ६६६६ (छ हजार छ सय छैसट्ठी) छन्l

 

लौह महफूजमा क़ुरान शरीफ़

क़ुरानको विषयमा उसको अनुयायीहरुको विश्वास छ र स्वयं क़ुरानमा पनि लेखिएको छ- साँच्चिकै पूज्य क़ुरान अदृष्ट पुस्तकमा वर्तमान छl जबसम्म पूर्णरूपले शुद्ध र पवित्र हुँदैनौ, उसलाई नछोऊl त्यो लोक-परलोकको स्वामीमा अवतरण भएको होl अदृष्ट पुस्तकसंग यहाँ अभिप्राय त्यस स्वर्गीय लेख-पट्टिकासंग छ, जसलाई इस्लामी परिभाषामा ‘लौह-महफूज’ भनिन्छl सृष्टिकर्ताले प्रारंभदेखि नै उसमा त्रिकालवृत्ति लेखेर राखेका छन्, जस्तो कि स्थानांतरमा भनिएको छ- “मैले अरबी क़ुरान रचें कि तिमिहरुलाई ज्ञान होस्l निस्संदेह त्यो उत्तम ज्ञान-भंडार मसंग पुस्तकहरुको माता (लौह महफूज) मा लेखिएको छl

 

ईश्वरले क़ुरानमा वर्णित ज्ञानलाई जगतको हितका लागी आफ्नो प्रेरित (पैग़म्बर) मुहम्मदको हृदयमा प्रकाशित गरे, यही यसको भावार्थ होl आफ्नो धर्मको शिक्षा दिनेवाला ग्रंथमा असाधारण श्रद्धा हुनु मनुष्य स्वभाव होl यही कारण हो कि क़ुरानको महात्म्यको विषयमा अनेक कथाहरु जनसमुदायमा प्रचलित छन्, यद्यपि ती सबैका आधार श्रद्धा छोडेर क़ुरानमा खोज्नु युक्त छैन, तर यस्ता वाक्यहरुको उसमा सर्वथा अभाव छ, योपनि भन्न सकिंदैनl

 

इस्लामको सिद्धांत

अरबीको ‘मज़हब’ र ‘दीन’ शब्द जुन अर्थमा प्रयुक्त छ, उसलाई अंग्रेजीको रिलीजन शब्दले त अवश्य नै व्यक्त गर्न सक्छ, तर संस्कृत या हिन्दीमा उनको पर्यायवाची शब्द कुनैपनि पाइँदैनl यद्यपि ‘पन्थ’ शब्दले ठीक ‘मज़हब’ शब्दको धात्वर्थलाई प्रकाशित गर्दछl तर जसप्रकार ‘धर्म’ शब्द अतिव्याप्त छ, त्यसैप्रकार यो शब्द पनि अव्याप्ति-दोषग्रस्त छl यस निबंधको वर्णनानुसार जुन मार्ग मनुष्यको ऐहिक र आयुष्मिक श्रेयप्राप्तिका लागी अनुसरणयोग्य छ, त्यही इस्लाम पन्थ, धर्म या सम्प्रदाय होl सरलताका लागी म प्राय: ‘पन्थ’ शब्द नै यसको लागी प्रयुक्त गर्छुl हर-एक पन्थमा दुई प्रकारका मंतव्य हुन्छन्l एउटा विश्वासात्मक र अर्को क्रियात्मकl तल दुबै प्रकारका इस्लामी मन्तव्यहरुलाई क़ुरानकै शब्दमा उद्धृत गरिन्छ- “यो पुण्य होइन कि तिमी आफ्नो मुखलाई पूर्व या पश्चिमतर्फ फर्काऊ, पुण्य त त्यो हो- परमेश्वर, अन्तिम दिन, देवदूतहरु, पुस्तक र पैग़म्बरमाथि श्रद्धा राख्नु, धनलाई प्रेमी, सम्बन्धी, अनाथ, दरिद्र, पथिक, याचकहरुलाई दिनु, रोज़ा (उपवास) राख्नु, दान दिनु, जब प्रतिज्ञा गरिसकियो तब आफ्नो प्रतिज्ञालाई पूर्ण गर्नु, विपत्ति, हानि र युद्धहरुमा सहिष्णु हुनु, जसले यस्तो गर्दछ उही साँचो अर्थमा संयमी हुन्छl क्रमशः....