हामी सबै निमित्तमात्र हौं- महाभारतको रोचक कथा

मंसिर २०,२०७५

-आस्था न्यूज

२० मंसिर २०७५ काठमाण्डौ l 

 

महाभारतको युद्ध चलिरहेको थियोl गांडीवधारी अर्जुनको सारथी स्वयं भगवान श्रीकृष्ण हुनुहुन्थ्योl जसरी नै अर्जुनको बाण छुट्थ्यो, महारथी कर्णको रथ कोसौं टाढा पुग्थ्योl जब कर्णको बाण प्रत्यंचाबाट छुट्थ्यो, तब अर्जुनको रथ सात पाइला पछि हट्थ्योl भगवान श्रीकृष्णले अर्जुनको शौर्यको प्रशंसाको स्थानमा महारथी कर्णको लागी हर बार भन्नुभयो कि कती धेरै वीर छ यो कर्ण? जो यस रथलाई पनि सात पाइला पछि हटाइदिन्छ!

 

भगवान श्रीकृष्णको कर्णप्रतिको प्रशंसाले अर्जुन धेरै दुखी हुन्थेl पटक-पटकको यही स्थितिले असमंजसको अवस्थामा परेका अर्जुनले सोधे कि हे वासुदेव! यस्तो पक्षपात किन? मेरो पराक्रमको तपाईं प्रशंसा गर्नुहुन्न एवं मात्र सात पाइला पछि धकेल्दिनेवाला कर्णको बारम्बार वाहवाही गर्नुहुन्छ??

 

भगवान श्रीकृष्णले भन्नुभयो- अर्जुन तिमी जान्दैनौl तिम्रो रथमा महावीर हनुमान एवं स्वयं म वासुदेव कृष्ण विराजमान छुl यदि हामी दुबै हुँदैनथ्यौं भने तिम्रो रथको अस्तित्व पनि हुँदैनथ्योl यस रथलाई सात पाइला पनि पछि हटाउनु कर्ण महाबली भएको परिचायक होl अर्जुनलाई यो सुनेर आफ्नो क्षुद्रतामाथि ग्लानी भयोl यस तथ्यलाई अर्जुनले अझै राम्रोसंग बुझे जब युद्ध समाप्त भयोl