रजनीकान्तको फिल्म २.० ले तोड्यो बाहुबलीको रेकर्ड
-
२० मंसिर २०७५ काठमाण्डौ l
सुपरस्टार रजनीकान्त र अक्षयकुमार स्टारर फिल्म २.० रिलिज हुनासाथ बक्स अफिसमा धमाल मच्चाइरहेको छ । फिल्मको हिन्दी वर्जनको आकडा सार्वजनिक भएको छ । यसका साथ फिल्मले बाहुबली–द बिगनिङको रेकर्ड तोडेको छ ।
ट्रेड एनालिस्ट तरुण आदर्शको ट्वीटका अनुसार फिल्ममा हिन्दी भर्सनले ६ दिनमा १२२।५० करोडको कमाइ गरेको छ ।
फिल्मले पहिला दिन अर्थात विहीबार २० करोड २५ लाख रुपैयाँ, शुक्रवार १८ करोड, शनिवार २५ करोड, आइतबार ३४ करोड रुपैयाको कमाइ गरेको छ । सोमबार १३ करोड तथा मंगलबार ११.५० करोडको कमाइ गरेको छ ।
बाहुबली– द बिगनिङको हिन्दी भर्सनको लाइफटाइम कलेक्सन ११७ करोड थियो । २.० ले रिलिजेको ६ दिनमा बाहुबली १ को लाइफटाइम कलेक्सन बराबरी गरेको छ ।
फिल्मले विभिन्न भाषामा गरेर पहिलो दिन नै १०० करोड कमाइ गरेको थियो । साथै अक्षय कुमारका लागि पनि यो फिल्मले राहत दिएको छ ।