मंसिर २०,२०७५
-आस्था न्यूज
२० मंसिर २०७५ काठमाण्डौ l
पाण्डव र कौरवहरुलाई शस्त्रशिक्षा दिँदै जाँदा आचार्य द्रोणको मनमा उनिहरुको परीक्षा लिने विचार उत्पन्न भयोl परीक्षा कसरी र कुन विषयमा लिने यस विषयमा विचार गर्दै जाँदा उनलाई एउटा ख्याल उत्पन्न भयो कि किन न यिनीहरुको वैचारिक प्रगति र व्यावहारिकताको परीक्षा लिऊँ?
अर्को दिन प्रातःकाल आचार्य द्रोणले ज्येष्ठ कौरव दुर्योधनलाई आफ्नो नजिक बोलाएर भने- ‘वत्स! तिमी यस गाउँबाट एकजना सज्जन व्यक्तिको पहिचान गरेर उसलाई मेरो सामु उपस्थित गराऊl’ दुर्योधनले भने- ‘जो आज्ञा गुरुदेव भनेर उनी सज्जन व्यक्तिको खोजमा हिँडेl
केही दिनपश्चात् दुर्योधन वापस आचार्य द्रोणनजिक आए र भने- ‘मैले धेरै गाउँ र नगरहरुको भ्रमण गरें तर कहीं कुनै सज्जन व्यक्ति भेट्टाइनl’
यसपछि आचार्य द्रोणले पांडुकुमार युधिष्ठिरलाई आफुनजिकै बोलाएर भने- ‘पुत्र! तिमी गएर एकजना दुर्जन व्यक्ति खोजेर ल्याऊl’ युधिष्ठिरले भने- ‘ठीक छ गुरुवर! म कोशिश गर्छुl’ यति भनेर युधिष्ठिर दुर्जन व्यक्तिको ख़ोजमा हिँडेl
धेरै समय व्यतीत भएपछि एकदिन युधिष्ठिर आचार्य द्रोणसामु उपस्थित भएl आचार्यले सोधे- ‘कुनै दुर्जन व्यक्तिलाई ल्यायौ त?
युधिष्ठिरले उत्तर दिँदै भने- ‘गुरुवर! मैले सर्वत्र दुर्जन व्यक्तिहरुको खोजी गरें तर कहींपनि दुर्जन व्यक्ति भेटिएनl यसकारण म खाली हात नै फर्किएंl’
त्यहाँ उपस्थित सबै शिष्यहरुले आचार्यसंग सोधे- ‘गुरुवर! यस्तो किन भयो कि दुर्योधनलाई कुनैपनि सज्जन व्यक्ति र युधिष्ठिरलाई कुनैपनि दुर्जन व्यक्ति भेटिएन?’
आचार्य द्रोणले भने- ‘वत्स! जो व्यक्ति जस्तो हुन्छ उसलाई सारा संसारका मानिसहरु आफु जस्तै दिखिन्छन्l यसैले दुर्योधनलाई सज्जन व्यक्ति भेटिएन र युधिष्ठिरलाई दुर्जन व्यक्ति भेटिएनl
प्रमुख समाचार
सम्वन्धित समाचार