Trending :
 

बजेट खर्च गर्दा प्रक्रिया पालना गर्न स्थानीय तहलाई सचेत

मंसिर २०,२०७५

-

मंसिर २०,२०७५ काठमाडौं ।

अर्थमन्त्री डा. युवराज खतिवडाले परिषदबाट पारित गराएर मात्रै बजेट कार्यान्वयन गर्ने विधि र प्रक्रियाको पालना गर्न सम्बन्धित स्थानीय तहलाई सचेत गराएका छन् ।
 
२८ वटा स्थानीय तहले परिषदबाट पारित नगराई बजेट कार्यान्वयन गरिरहेका बेला अर्थमन्त्री खतिवडाले विधि र प्रक्रिया अनुसार परिषद बैठकबाट पारित गरेर मात्रै बजेट कार्यान्वय गर्न सचेत गराए । 
 
उनले परिषदबाट पारित नगराई बजेट कार्यान्वयन गर्ने स्थानीय तहलाई अनुदान सहायता उपलब्ध गराउन नसकिने चेतावनी दिए ।
 
बिहीबार काठमाडौंमा आयोजित अन्तर सरकारी वित्त परिषदको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले स्थानीय परिषदबाट पारित नगराई बजेट कार्यान्वयनमा लगिए महालेखा परीक्षकको कार्यालयले अप्ठयारोमा पार्नेतर्फ सबै स्थानीय तहको ध्यानाकर्षण गराए ।
 
त्यस अवसरमा अर्थमन्त्री खतिवडाले विकास आयोजनाको कामलाई अघि बढाउने गरी संरचना निर्माणको काममा कन्द्रिीत हुन प्रदेश र स्थानीय तहलाई आग्रह गरे ।
 
अर्थमन्त्री खतिवडाले विकास निर्माणको कामलाई अघि बढाउन संघ, प्रदेश र स्थानीय सरकारबीच सहकार्य गरेर अघि बढनुको विकल्प नरहेको बताए । 
 
उनले प्रदेश र स्थानीय तहमा सबै संरचनाको विकास भइनसकेकाले सबै खालको वित्तिय सहायता हस्तान्तरण गर्न नसकिएको बताए ।
 
बैठकमा संघ र प्रदेश सरकारको हालसम्मको कामको समिक्षा हुने अर्थ सचिव डा. राजन खनालले जानकारी दिए ।