Trending :
 

फ्राइडे रिलिजमा,चलचित्र ‘प्रसाद’ एवं प्रियंकाको 'पाहुना' प्रदर्शनमा

मंसिर २१,२०७५

-

२१ मंसिर २०७५ काठमाण्डौ l 
 
 
काठमाडौं–फ्राइडे रिलिज अन्तर्गत आजबाट चलचित्र ‘प्रसाद’ प्रदर्शनमा आएको छ । गीतसंगीत र ट्रेलरका कारण दर्शकमाझ प्रतिक्षित बनेको चलचित्र ७० बढी सिंगल हलमा प्रदर्शनमा आएको हो ।
 
 
चलचित्रले प्रदर्शनको पहिलो दिन मल्टिप्लेक्समा पनि उच्च शो पाएको छ । चलचित्रलाई मल्टिप्लेक्स अन्तर्गत क्यूएफएक्समा राजधानीका पाँच हलबाट १५ शो मिलेको छ । 
 
 
निः सन्तान दम्पतीको कथामा चलचित्र निर्माण भएको निर्देशक दिनेश राउतले बताए । सन्तान नहुँदा भोग्नुपर्ने सामाजिक र मानसिक अप्ठ्यारालाई चलचित्रमा उतारिएको राउतले बताए । चलचित्रको कथा लामो समय चलचित्र पत्रकारितामा विताएका पत्रकार सुशील पौडेलले लेखेका हुन् । सुवास थापा निर्मित चलचित्रमा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेत मूख्य भूमिकामा छन् ।
 
 
साथमा बसुन्धारा भुसाल, विनोद भट्टराई, प्रकाश गन्धर्व लगायतको पनि भूमिका छ । राजेश श्रेष्ठको छायांकन रहेको चलचित्रमा लोकेश बज्राचार्यको सम्पादन छ । चलचित्रका दुई गीत ‘लै लै।’ र ‘वनकी चरी।’ले पनि दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । 
 
 
सिंगल हलमा शुक्रबारबाटै लाखमान योञ्जन तामाङ निर्देशित चलचित्र ‘झिल्के’ पनि प्रदर्शनमा आएको छ । प्रचारप्रसारबीनै प्रदर्शनमा आएको चलचित्रमा झरना थापा मुख्य भूमिकामा छिन् । 
 
 
शुक्रबारबाट नै हलमा दुई विदेशी चलचित्र पनि प्रदर्शनमा आएका छन् । प्रियंका चोपडा निर्मित नेपाली भाषाको सिक्कमी चलचित्र ‘पाहुना’, सुशान्त सिंह राजपुत र सारा अली खान अभिनित बलिउड चलचित्र ‘केदारनाथ’ प्रदर्शनमा आएका हुन् । उपत्यकामा क्यूएफएक्समा ‘पाहुना’ले पहिलो दिन ५ सो पाएको छ भने ‘केदारनाथ’ले १५ सो पाएको छ ।
 
 
सिंगल स्कृनमा ‘प्रसाद’को दबदबा भएपनि मल्टिप्लेक्समा यी दुई चलचित्रसँग भिड्न्त गर्नुेपर्ने छ । मल्टिप्लेक्समा गएको हप्तादेखि प्रदर्शनमा आएको चलचित्र ‘२.०’ को दबदबा पनि कायमै छ ।