कृषि प्रसङ्ग
चैत्र ०९,२०७३
-
९,२०७३चैत्र,त्रिशुली-
नुवाकोटमा एकै वर्षमा १ अर्ब १० करोडको आलु उत्पादन भएको छ |
वर्षात र हिउँदमा लगाइएको आलुबाट यस वर्षमात्रै नुवाकोटमा १ अर्ब १० करोडको आलु उत्पादन भएको हो |
दुई मौसममा लगाइएको आलु खेतिबाट ७२ हजार ७०० मेट्रिक टन आलु उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा.कमलराज गैरेले बताउनुभयो |
गत वर्ष रु ८७ करोड बराबरको तथा अघिल्लो वर्ष रु ८५ करोड बराबरको आलु उत्पादन भएकोमा यस वर्ष ह्वात्तै बढेर १ अर्ब १० करोड बराबरको आलु उत्पादन भएको उहाँले बताउनुभयो |
आलु उत्पादनमा व्रिद्दी तथा आलुले उचित बजार पाएपछि यहाँका किसानहरुमा अझै उत्साह थपिएको छ |
जिल्लामा यसवर्ष दुई याममा गरी चार हजार ३०० हेक्टर जमिनमा आलु लगाइएको छ |
प्रमुख समाचार