Trending :
 

म्यान्मारले गर्यो बङ्गलादेशका सत्र नागरिकलाई कैदमुक्त

मंसिर २१,२०७५

-

२१ मंसिर २०७५ एजेंसी l 
 
 
याङ्गुन। म्यान्मारले त्यहाँको जेलमा रहेका १७ जना बङ्गलादेशका नागरिकलाई मुक्त गरिएको जनाएको छ।  आफ्नो जेलमा रहेका र सजाय पूरा गरेका ती बङ्गलादेशीलाई जेल मुक्त गरिएको म्यानमारका अधिकारीलाई उद्धृत गर्दै म्यानमारको अखबार ‘ग्लोबल न्युज लाइट अफ म्यान्मार’ले शु्क्रबार जनाएको छ।
 
 
म्यान्मारको जेलबाट मुक्त भएका तीन १७ बङ्गलादेशी नागरिकलाई रखाइन राज्यको माउङ्गतावका अधिकारीहरूले बङ्गलदेशको सीमा सुरक्षा गार्डलाई बुधबार जिम्मा लगाएको जनाइएको छ। बङ्गलादेशको सीमा सुरक्षागार्डले उनीहरूलाई पानी जहाजबाट आफ्नो देश लैजाने तयारी गरिरहेको जानकारी दिएका बताइएको छ।
 
 
जेलमा रहेका १७ मध्ये १४ जनालाई म्यान्मारमा अवैध रूपमा प्रवेश गरेर बिना काम बसिरहेको आरोप लगाइएको थियो। त्यसैगरी अरू तीन जनालाई भने म्यानमारमा विभिन्न अपराधमा संलग्न रहेको आरोप लगाइएको थियो। उनीहरूलाई दिइएको जेल सजाय पूरा भएपछि जेलबाट मुक्त गरिएको म्यानमारका अधिकारीले जानकारी दिएका छन्।