प्रेरणादायक लेख

मनुष्यभित्र असीमित शक्तिको भंडार छ

अरुको दोषदर्शन गर्न ललचाउने धेरै हुन्छन्,तर आफुतर्फ हेर्ने धेरै कम हुन्छन्

मंसिर २३,२०७५

-माधव प्रसाद गर्तौला

२३ मंसिर २०७५ काठमाण्डौ l 

 

अरुको दोषदर्शन गर्न ललचाउने धेरै हुन्छन्, तर आफुतर्फ हेर्ने अभ्यास धेरै कम मानिसहरुमा हुन्छl थियोलजियन एकहार्टले यसै मानवीय दुर्बलतालाई इंगित गर्दै भनेका थिए- “धेरै कम मानिसहरु मृत्युभन्दा पहिले आफुलाई जान्न समर्थ हुन्छन्l धेरै कम व्यक्ति आफ्नो जीवनमा सबै शक्तिहरुलाई प्रगट गर्दछन्; बाँकी त यिनलाई साथै लिएर मर्ने गर्छन्l”

 

सत्य कुरा त यो हो कि हामीभित्र अनेक गुप्त शक्तिहरु सुप्त अवस्थामा छन् र हामीहरु छौं कि यी योग्यता-क्षमताहरुलाई जान्नपनि चाहँदैनौंl यी विभूतिहरुतर्फ आँखा उठाएर पनि हेर्दैनौंl यो ठीक हो कि बाहिरी अनेक चिजरुलाई जानेर हामी ज्ञानवान कहलायौं, तर योपनि उत्तिकै आवश्यक छ कि हामी स्वयंलाई जान्नपनि सिकौंl जसले स्वयंतर्फ दृष्टि गर्ने कोशिश गर्छ, त्यही नै महान बन्छl यस्तो व्यक्ति कठिनाई तथा बधाहरुमाथि विजय पाएर सतत् उन्नति गर्छl

 

महापुरुषहरुको जीवनलाई अवलोकन गर्यौं भने हामीले पाउँछौं कि उनिहरुले पाएका प्रत्येक असफलता एवं भूलले समेत उनिहरुले आफूमा केही नयाँ सुधार गर्ने गरेको सजिलै देख्न सक्छौंl यदि तपाईलाई पनि महान बन्ने ललक उत्पन्न भए, चाहत उत्पन्न भए तब अरुलाई तुच्छ सम्झिने, उनमा छिद्रान्वेषण गर्ने प्रवृत्तिलाई आजैदेखि परित्याग गरिदिनुस्l अरुलाई तुच्छ सम्झिनेवाला मनुष्यले स्वयंको मनुष्यत्वलाई नष्ट गरिदिन्छl राम्रो हो अरुको गल्ती खोज्नुको अपेक्षा स्वयंको कमी-कमजोरीहरुलाई खोजी उनलाई नष्ट गर्न प्राण-पणले जुटौंl आफ्नो शक्तिहरुलाई जान्नु र उनको सदुपयोग गर्नु नै मनुष्यजीवनको गरिमा होl

 

अगणित विभूतिहरुलाई सौंप्दा परमात्माले विश्वास गरेका थिए, कि यिनको दुरुपयोग हुनेछैनl अरुलाई दुःख दिने, उदर पूर्ति र संतान वृद्धिमा मात्रै आफ्नो अलौकिक सामर्थ्यलाई नष्ट गर्न आतुर हुनु न केवल श्रष्टाप्रति विश्वासघात हो, बरु यो आत्मघात पनि होl तपाईं जे काम गरिरहनुभएको छ, त्योभन्दा हजारौं गुणा ज्यादा गर्ने सामर्थ्य तपाईंभित्र छl आवश्यकता छ त केवल यस कुराको कि स्वयंको महत्वलाई सम्झिनु, शक्तिहरुलाई जानौं र समयको सदुपयोग गरौंl जीवनको एक-एक-क्षण बहुमूल्य छ, यसलाई व्यर्थ बर्बाद नगरौंl

 

जुनसुकै शुभ कामको इच्छा जाग्यो, उसलाई आजै र अहिल्यै शुरु गरौंl अत्यंत महत्वपूर्ण हुनेछ त्यो क्षण, जुन क्षण तपाईंले यो अनुभव गर्नुहुनेछ कि विश्व-वसुंधरालाई तपाईंको आवश्यकता छl जुन क्षण व्यक्ति यस गरिमाको झलक पाउँछ, उसको खुट्टा महामानव बन्ने डगरमा हिँड्नको लागी आतुर हुन्छl

 

हुनसक्छ तपाईंको वर्तमान कठिनाई-बाधाहरुबाट पूर्णरूपले आच्छादित भएको होलाl आपत्तिहरुले तपाईंको व्यक्तित्वलाई विकसित हुन नदिएको होलाl तर यसमा डराउनुपर्ने र हरेस खानुपर्ने के कुरा छ? अग्निको बढ्दै गरेको तपनको मतलब हो स्वर्णको अरु धेरै चमकl चन्दनको अरु धेरै घिसिनुको अर्थ हो सुगंधको प्रतिपल नयाँ विस्तारl मानव व्यक्तित्व पनि केही हदसम्म यस्तै छ, जबसम्म विपत्तिहरुले यसलाई आक्रान्त गर्दैन, यसका विभूतिहरुको चमक तीव्र हुन पाउँदैनl अतएव आत्मनिरीक्षणद्वारा स्वयंको गरिमालाई चिनौंl जसरी नै कुनै प्रतिभाको अंकुर तपाईंलाई आफुभित्र नज़र आउँछ, उसलाई पुष्पित पल्लवित हुने अवसर प्रदान गरौंl कसले जान्ला भोलीको समुज्ज्वल भविष्यमा तपाईं संसारको महान कलाकार बन्नुहुनेछ, विश्वप्रसिद्द लेखक हुने गौरव प्राप्त हुनेछl भावी समाज तपाईंलाई दार्शनिक या राजनीतिज्ञको रूपमा पाएर कृतकार्य हुनेछl गर्नु सिर्फ़ यति छ कि स्वयंको शक्तिहरुलाई जानौं, र सतत् अगाडी बढिरहौंl

 

जो स्वयंको तत्वलाई जान्न समर्थ हुन्छ, परमतत्वलाई जान्नपनि उसैबाट संभव हुन्छl यस्ता महान व्यक्तित्व ईश्वरको सृजन संदेशलाई प्रसारित गर्नको लागी ईशदूतको भूमिका निभाउँछl