Trending :
 

कपिल शर्माको विवाहमा सलमान खान र अमिताभ बच्चनलाई मात्र निम्तो

मंसिर २३,२०७५

-

२३ मंसिर २०७५ काठमाण्डौ l 
 
 
काठमाडौं। पछिल्लो केही समययता भारतीय कमेडियन कपिल शर्माको विवाहको चर्चा चलिरहेको छ। उनको विवाहको निमन्त्रणा कार्ड, भेन्युलगायतका कुराहरुको चर्चा जारी छ। उनको विवाहको महत्वपूर्ण पक्ष के छ भने उनको विवाहमा बलिउडका केवल अमिताभ बच्चन र सलमान खानलाई मात्र निमन्त्रणा पठाइएको छ।
 
 
अमिताभ बच्चनसँग कपिल शर्माको निकै राम्रो सम्बन्ध रहेको छ। केही समयअघि मात्र पनि कौन बनेगा करोडपतिमा कपिल शर्मा पुगेका थिए।  कपिल शर्माले निमन्त्रणा पठाएका अर्का कलाकार शलमान खान हुन्। उनी पनि विवाहको दिन व्यस्त भए पनि उनको विवाहमा सहभागी हुन चाहने भएकाले समय मिलाउनका लागि आफ्नो टोलीलाई आग्रह गरेका छन्।
 
 
डिसेम्बर १२ मा कपिल शर्माको प्रेमिका गिन्नी चतरथसँग विवाह हुन गइरहेको छ। १० डिसेम्बरदेखि उनको विवाहको उत्सव सुरु हुनेछ। १४ डिसेम्बरमा अमृतसारमा उनीहरुको विवाहपछिको भेटघाटको कार्यक्रम रहेको छ।  डिसेम्बरको अन्तिममा बलिउडका हस्तीहरुका लागि कपिल शर्माले विवाहको भेट दिने कार्यक्रम राखेका छन्। यद्यपि अझैसम्म त्यसको मिति भने तय भएको छैन।