मंसिर २४,२०७५
-माधव प्रसाद गर्तौला
२४ मंसिर २०७५ काठमाण्डौ l
प्रख्यात पश्चिमी विचारक एडमण्ड लूसेल्डको भनाई छ कि “मनुष्यको पूरा जीवन नै “इन्टेशनेलिटी” अर्थात् एक गहन तीव्र इच्छा होl यो गहन तीव्र इच्छा जुनसुकै दिशामा लाग्छ, त्यसैतर्फ मनुष्यको गति बन्दछl यदि एक व्यक्ति चित्रकार हुन चाहन्छ, मूर्तिकार हुने इच्छा राख्दछ, अथवा उसको प्रबल आकांक्षा वैज्ञानिक बन्ने हो, यदि ऊ आफ्नो समस्त प्राण ऊर्जालाई अभीष्ट दिशातर्फ नियोजित गरिदिन्छ भने तब तदनुसार उसको प्राण ऊर्जा त्यसैतर्फ गतिमान हुन्छl
तर जसको आकांक्षा प्रबल छैन अथवा जो केही बन्न चाहँदैन उसको गति कुनैपनि दिशातर्फ हुन पाउँदैनl ऊ आफ्नो चैतन्य ऊर्जालाई संग्रहित गरेर कुनैपनि दिशातर्फ गतिमान गर्न सक्दैनl जसभित्र संकल्पको आविर्भाव नै हुँदैन, उसको प्रगति कहिल्यैपनि संभव हुँदैनl “उपनिषद्कारहरुले समय-समयमा यसै अभिव्यक्तिलाई विभिन्न रूपमा उद्धृत गरेका छन्l
सृष्टिको स्वयंको अस्तित्वपनि कुनै सुदृढ़ संकल्पको परिणति नै होl उपनिषद्कारले यसलाई “एकोऽहं बहुस्यामि” को ब्राह्मी संकल्पको रूपमा चित्रित गरेका छन्l सृष्टिको बाहिर एवं भित्र विकासको प्रक्रिया सतत् चलिरहेको छl यहाँको प्रत्येक वस्तु विकासको प्रक्रियाबाट गुज्रिरहेको छl संसार “स्टेटिक”- रोकिएको छैन- सतत् चेतनशील “डायनामिक” छl यहाँ प्रत्येक चीच बढिरहेको छ- क्रमश: माथि उठिरहेको छl जुन ठहरिएको गतिहीन प्रतीत भैरहेको छ, उसमा पनि तीव्र वेग छl स्थिरता कहींपनि छैनl सानो-सानो परमाणुहरुमा पनि तीव्र हलचल छl प्रसुप्त शरीरमा पनि चेतनाको असंख्य अदृश्य गतिविधिहरु निरन्तर चलिरहेको छ तथा जीवनलाई गति दिरहेको छl निश्चेष्ट सुतेको शरीरको भित्र पाचन, परिवहन, श्वसन आदिको रुपमा अरुपनि धेरै यन्त्रहरु हरक्षण सक्रिय छन्l
जगतको एक सुनिश्चित विकासक्रम छ, जो सचेतन छl डार्विनले पनि यस सत्यलाई स्वीकार गरे तथा आफ्नो तथ्य एवं प्रमाणहरुको आधारमा त्यस सत्यलाई वैज्ञानिक शब्दावलीमा प्रतिपादन गरेl विकासको प्रक्रियाले यो दर्शाउँछ कि सारा जड़ चेतन जगत कुनै निश्चित गंतव्यसम्म पुग्ने आकांक्षा राख्दछl निश्चित नै कुनै यस्तो गंतव्य छ, जहाँ समस्त प्राणीहरु पुग्ने आकांक्षा राख्दछन्l संभव छ त्यसै गंतव्यको नाम नै ‘परमात्मा’ होलाl विकास प्रक्रियाको कारण नै यो थाहा हुन पाउँछ कि संसार कुनै गहन इच्छाले प्रभावित भएर गतिशील छl
मनुष्यलाई विकासको चरणमै मुक्तिको बोध हुन्छl बच्चा जब पहिलो पटक जमीनमा हिँड्न शुरु गर्छ, तब उसको प्रफुल्लता हेरिरहूँ जस्तो लाग्छl हल्लिँदै लर्खराउँदै गरेका खुट्टाले कुनै एक सुदृढ़ आधारको- आत्मविश्वासको ख़ोज गरिरहेका हुन्छन्l पाइला सम्हालिने बित्तिकै त्यो अर्जित हुन्छl उसको विश्वासलाई एउटा ठुलो संबल मिल्छ, जीवात्मालाई आफ्नो शक्ति पहिचान गर्ने एउटा अवसर प्राप्त हुन्छl उसलाई पहिलो पटक अनुभव हुन्छ कि ऊ आफ्नै खुट्टाले हिँड्न सक्छ- आफ्नै खुट्टामा उभिन सक्छl विकासको एउटा गंतव्य पूरा भयोl अर्जित विश्वासलाई तब अरुपनि बल मिल्दछ जब ऊ बोल्न आरंभ गर्छl तोतलाउँदो भाषामा भावाभिव्यक्ति गर्दै आत्माले एउटा नयाँ शक्ति जुटाउँछl यो निर्दोष तोतलाहट पनि नयाँ उपलब्धिबाट अर्जित विश्वासकै सहज अभिव्यक्ति हुन्छl
बाल्यावस्थादेखि लिएर प्रौढावस्थासम्म यस्ता अनेकौं अवसरहरु आउँछन्, जसमा आत्मविश्वासलाई सुदृढ़ आधार मिल्छl शारीरिक एवं मानसिक विकासका अनेक चरण पूरा हुन्छन्l व्यक्ति मात्रै होइन समस्त सृष्टि विकासमान छl विकासका अनन्त धाराहरु स्वयं यस कुराको प्रमाण छन् कि विकासको जो अन्तिम रूप हो, चरम परिणतिको जुन हामी कल्पना गर्दछौं, त्यो परमात्मा नै होl
विचारक टेल्हार्ड डि चार्डिनले एउटा शब्द यस संबंधमा प्रयोग गरेका छन्- “द ओमेगा प्वाइंट”l ‘अल्फा’ ल्याटिनमा पहिलो शब्द तथा ‘ओमेगा’ अन्तिम शब्द मानिन्छl ‘अल्फाको अर्थ हो- पहिलो तथा ‘ओमेगाको अर्थ हो अन्तिमl डि चार्डिनले भनेका छन् कि- “गड इज द ओमेगा प्वाइंट”- अर्थात् ईश्वर विकासको अन्तिम बिन्दु हो- विकासको अन्तिम सम्भावना होl
हर विकासवान वस्तुमा चेतनाको- ईश्वरको अस्तित्व विद्यमान छl फुल्दै गरेको फूल कुरूप नै भएपनि ऊ जड़ ढुंगाभन्दा अधिक बहुमूल्य र महत्वपूर्ण हुन्छl किनकी ऊ विकासको प्रक्रियाबाट गुज्रिरहेको छ- जिवंत छl ढुंगामा विकासको कुनै सम्भावना छैन, जड़ता उसको प्रकृतिमा समाहित छl
डि चार्डिनको यो पनि भन्नु छ कि “ओमेगा इज अल्सो द अल्फा”- अर्थात् जो अन्तिम छ, त्यही प्रथम पनि छl यदि ईश्वर विकासको चरम अवस्था- अनुभूतिको परम शिखर हो, तब निश्चित नै ऊ आरम्भमा पनि विद्यमान हुनुपर्छl
श्रीमद्भगवद्गीतामा भगवान श्रीकृष्णद्वारा भनिएको सत्यलाई नै वस्तुतः उपरोक्त तथ्यले पुष्टि गर्दछ-
“सर्वभूतानि कौन्तेय प्रकृतिं यान्ति मामिकाम्l
कल्पक्षये पुनस्तानि कल्पादौ विसृजाम्यहम्l l”
अर्थात् “हे अर्जुन! कल्पको अन्त्यमा समस्त प्राणी मेरो प्रकृतिमा विलीन हुन्छन् र पुन: कल्पको आरंभमा, म उनलाई उत्पन्न गर्छुl”
जुन स्रोतबाट जीवनको आरंभ हुन्छ अथवा जहाँबाट त्यो आउँछ, एउटा चक्रमा घुमेपछि पुन: त्यसैमा गएर विलीन हुन्छl त्यो चक्र जबसम्म चलिरहन्छ, जीवनले विभिन्न रूपहरुमा अभिव्यक्ति पाइरहन्छl कर्मको सम्बल पाएर ऊ विकासको अगणित अवस्थाहरुबाट गुज्रिन्छl आफ्नो पूर्णावस्थामा उसले त्यस चक्रलाई पार गरेर मूल स्रोतमा गएर मिल्छl
अतृप्ति, असंतुष्टि अपूर्णताकै कारण अनुभव हुन्छl मनुष्य अपूर्ण छl पूर्णताको बीज उसको भित्र विद्यमान छ तथा त्यो विकसित हुनको लागी भित्र-भित्रै छट्पटाइरहेको तथा आफ्नो स्थितिको आभास परोक्षरूपमा गरिरहेको हुन्छl मनुष्यको चेतना अपूर्ण छl पशुहरुको स्थिति आफुमैं पूर्ण छl एउटा कुकुर आफुमा पूरा कुकुर छl कुनै कुकुर आफुमा अधुरो छैनl प्रकृति एवं स्वभावको विशेषता लगभग एक जस्तै एउटा वर्ग-विशेष प्राणीहरुलाई मिलेको छl तर मनुष्यको साथ यस्तो छैनl अन्य प्राणीहरुसंग त पूरा व्यक्तित्व छl तर मनुष्यमा पूर्णताको अनन्त सम्भावनाहरु विद्यमान छन्l ऊ पशुसरह उत्पन्न हुन्छ तर विकसित भिन्न रूपमा हुन्छl ऊ पतनको अतल गहिराईमा पनि झर्न सक्छ तथा यति धेरै माथिसम्म उठ्न सक्छ कि विकासको महानतम शिखरलाई छुन सकोस्l मनुष्य मनुष्यताको परिधिसम्म सिमित रहनसक्छ, तल झरेर पशु अथवा माथि उठेर देवतापनि बन्नसक्छl ऊ दुबै दिशामा विकास अथवा पतनतर्फ उन्मुख हुनसक्छl
यस सत्यलाई सदैव स्मरण राख्नुपर्दछ कि मनुष्य जीवनमा ठहराव कहींपनि आउँदैनl ठहरावको- स्थिरताको अर्थ हो ‘मृत्यु’l यदि गति ईश्वरतर्फ- महानतातर्फ छैन भने पतनको सिलसिला आफैं शुरु हुन्छl विकास कहिलेपनि यथास्थितिमा रोकिँदैन, ऊ सतत् रहन्छl पतन सरल छ, स्वभाविक छ, उत्थान अत्यन्तै कठिनl तर संभाव्य पनि छl मनुष्य यदि आफ्नो गरिमाको अनुरूप विकसित हुँदैन भने- पूर्णताको लक्ष्यलाई प्राप्त गर्दैन भने योभन्दा बढ़ी दुर्भाग्य कुनै अरु के हुनसक्छ र? मानवीय चेतनासंग जोडिएको सहज सौभाग्य वस्तुत: विकास नै हो, मुक्ति जसको चरम स्थिति हो- एवं ईश्वरत्वको प्राप्ति अन्तिम लक्ष्यl यही पुरुषार्थ सतत् गरिँदै रहियो भने, यो परब्रह्मलाई- ब्राह्मी सत्तालाई अभीष्टपनि छl
प्रमुख समाचार
सम्वन्धित समाचार