अन्तर्राष्ट्रिय प्रसंग
जेठ ०४,२०७४
-एजेन्सी
४,जेठ-
अमेरिकाको दैनिक वासिङटन पोस्टमा राष्ट्रपति डोनल्ड ट्रम्पले रुसलाई गोप्य सूचनाहरू चुहाएको समाचार प्रकाशित गरेको छ I उक्त खबर सार्वजनिक भएपछि उहाँको आफ्नै दल रिपब्लिकनका सांसद पनि राष्ट्रपतिविरुद्ध खनिएका छन्। वासिङटन पोस्टको समाचारपछि अमेरिकाको राजनीतिमा ठूलै खैलाबैला मच्चिएको छ ।
राष्ट्रपति ट्रम्प र कैयौं वरिष्ठ सरकारी अधिकारीहरूले पोस्टको समाचार सत्य नभएको भन्दै ह्वाइट हाउसमा रुसी विदेशमन्त्रीसँगको कुराकानीमा राष्ट्रपतिले यस्तो कुनै सूचना नचुहाएको दाबी गरिरहेका छन् । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा ट्विट गर्दै रुसी विदेशमन्त्री सर्गेई लाभ्रोवसँग कट्टरपन्थी धार्मीक लडाकु समूह इस्लामिक स्टेट (आईएस)को सम्भावित आतंकवादी आक्रमणसम्बन्धमा कुराकानी भएको उल्लेख गर्नुभएको छ ।
त्यस्तै यो मामिलामा अमेरिकामा तात्तातो बहस सुरु भएको छ र प्रतिपक्षी डेमोक्रेट्स सांसदसँगै राष्ट्रपति ट्रम्पको आफ्नै दल रिपब्लिकनका सांसदले समेत ट्रम्पसँग स्पष्टिकरण मागिरहेका छन् ।डेमोक्रेट नेता चक सुमरले ह्वाइट हाउसमा भएको ट्रम्प-लाभ्रोव बैठकको विस्तृत विवरण सार्वजनिक गर्न माग गर्नुभएको छ ।
सबै डेमोक्रेट नेताको माग छ- राष्ट्रपतिले त्यो बैठकमा भएका कुराकानीको विवरण सिनेटको इन्टेलिजेन्स कमिटीलाई उपलब्ध गराउनुपर्छ सुमरले भन्नुभयो ।' उहाँका अनुसार राष्ट्रपतिले कुनै नाइँनास्ती नगरी बैठकको विवरण तलमाथि नपारी जस्ताको तस्तै सिनेटको कमिटीलाई दिनुपर्ने बताउनुभयो । उहाँल भन्नुभयो, 'राष्ट्रपतिले कतै हाम्रो देशका सुरक्षा र गुप्तचर अभियानको सुरक्षा जोखिममा पार्नुभएको छ छैन, यो थाहा पाउने अधिकार संसदसँग छ ।'
राष्ट्रपति ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार एचआर म्याकमास्टरले रुसलाई गोपनीय सूचना चुहाएको आरोप अस्विकार गर्दै बैठकमा गोपनीय सूचनाको स्रोत वा पाएको तरिकासम्बन्धमा कुनै कुराकानी नभएको दाबी गर्नुभएको छ ।यो मामिलामा सत्तारुढ रिपब्लिकन पार्टीका सांसदसमेत विभाजित भएका छन् ।
रिपब्लिकन नेता मिच म्याककोनेलले भने यो मामिलालाई बिना कारण ठूलो बनाइएको बताउनुभयो । उहाँले ब्लुमबर्ग टेलिभिजनसँग भन्नुभयो, 'ह्वाइट हाउसमा के भयो भनेर हामीले नौटंकी गर्नुभन्दा योभन्दा महत्वपूर्ण मामिलामा हामीले आफ्नो ध्यान केन्द्रीत गर्नुपर्छ, जस्तोकि कर सुधार र ओबामाकेयरको साटो कुन नयाँ नीति ल्याउने ।'
रिपब्लिकन पार्टीकै अर्का नेता जोन म्याक्केनले भने यो मामिलाले अमेरिकाका सहयोगी र मित्र राष्ट्रहरूका लागि एउटा चेतावनी पनि हो । अब भविष्यमा उनीहरू अमेरिकासँग यस्ता गोपनीय सूचना साटासाट गर्न चाहन्छन् वा चाहँदैनन्-त्यसमा पनि असर पर्नसक्छ ।'रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने अमेरिकी राष्ट्रपति ट्रम्पले दिएका सूचनाबारे जानकारी दिन आफू तयार रहेको बताउनुभएको छ ।
प्रमुख समाचार
सम्वन्धित समाचार