Trending :
 

आर्थिक प्रसङ्ग

अर्थमन्त्रालयद्वारा १० बिमा कम्पनीलाई सन्चालन स्वीकृति

जेठ ०४,२०७४

-

४ जेठ,काठमाडौँ-

१० वटा नयाँ जीवन बिमा कम्पनीहरुले सञ्चालन अनुमति प्राप्त गरेका छन् I अर्थमन्त्रालयले अनुमति दिन बीमा समितिलाई स्वीकृति दिएको छ ।अर्थमन्त्री कृष्णबहादुर महराले बुधबार बीमा कम्पनीहरुलाई लाइसेन्स दिने निर्णय गरेका हुन् ।

 

बीमा समितिले सिटिजन लाइफ इन्स्योरेन्स, स्टार लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स, रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड, रिलायवल लाइफ इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स, महालक्ष्मी लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीलाई लाईसेन्स दिने भएको हो ।

त्यसैगरी यी थप १० कम्पनीले लाईसेन्स पाएपछि अब नेपालमा जीवन बीमा कम्पनीको संख्या १९ पुग्ने भएको छ।

हाल नयाँ खुल्ने जीवन बीमा कम्पनीहरुले सुरूमै चुक्ता पुँजी  २ अर्ब रुपैयाँ पुर्याउनुपर्ने हुन्छ ।