Trending :
 

टेरिजा मेलेले गरिन् अविश्वासको प्रस्तावमा जित हासिल

मंसिर २७,२०७५

-

२७ मंसिर २०७५ एजेंसी l 
 
 
काठमाडौं–ब्रिटिश प्रधानमन्त्री टेरिजा मेले आफूमाथि ल्याइएको अविश्वासको प्रस्तावमा जित हासिल गरेकी छन्। संसद्मा उनीविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावमाथिको मतदानमा जित हासिल गरेकी हुन्।
 
 
उनले संसदको कुल मतसंख्याको ६३ प्रतिशत मत ल्याएकी छन् र अब एक वर्ष सम्म उनलाई कसैले चुनौती दिन नसक्ने सहमति भएको बताइएको छ। जित पछि मेले सबै ब्रिटिश राजनीतिज्ञहरूलाई एकजुट भएर ब्रिटेनको जनताको चाहाना पूरा गर्न आग्रह गरिन्। संसदमा भएको मतदानमा उनको दलका २०० सांसदहरूले उनको पक्षमा मतदान गरेका थिए। उनको विपक्षमा ११७ मत परेको थियो। 
 
 
आफू विरुद्धको अविश्वासको मतमा विजय हासिल गर्ने वित्तिकै उनको कार्यालय रहेको टेन डाउनिङ स्ट्रिटमा बोल्दै मेले अब ब्रिटेनका जनताले चाहेजस्तै ब्रिटेन ईयूबाट अलग हुने ब्रेक्जिटको प्रक्रिया अघि बढाउने बेला आएको बताइन्। उनले भनिन्, ‘अब हामीले ब्रिटेनका जनतालाई हाम्रो भविष्यका लागि ब्रेक्जिट दिने बेला आएको छ। त्यो कदमले हाम्रा जनतालाई हाम्रो पैसा,हाम्रो कानुन र हाम्रो सिमानाहरू फिर्ता दिनेछ।’