अध्यात्म चिन्तन

‘गहना कर्मणो गति:’कर्मको गति गहन हुन्छ!

चोरी पूरा हुन सकेन भने,बुझ्नुपर्दछ कि शुभ संस्कारहरुको कारण पूरा हुन सकेन

मंसिर २७,२०७५

-माधव प्रसाद गर्तौला

२७ मंसिर २०७५ काठमाण्डौ l

 

अधिकांशत: दुःखलाई अस्वीकार गरिन्छl मानिसहरु सम्झिन्छन् कि पापको फलस्वरूप अथवा ईश्वरीय कोपको कारण दुःख आउँछन्, तर यो कुरा पूर्णरूपले सत्य छैनl दुःखको कारण पापपनि हो यो त ठीक छ, तर यो ठीक होइन कि समस्त दुःख पापकै कारण आउने गर्छन्l

 

बहुधा यस्तो हुन्छ कि ईश्वरको कृपाको कारण, पूर्व संचित पुण्यहरुको कारण र पुण्य संचयको तपश्चर्याको कारणपनि दुःख आउँछन्l भगवानलाई कुनै प्राणीमाथि दया गरेर उसलाई आफ्नो शरणमा लिनुपर्ने हुन्छ, कल्याणको पथमा लिएर जानुपर्ने हुन्छl त्यसैले उसलाई भव-बन्धनदेखि, कुप्रवृत्तिहरुदेखि मुक्त गराउनका लागी यस्ता दुःखदायक अवसर उत्पन्न गर्छन्, जसको ठोकर खाएर मनुष्यलाई आफ्नो भूलको बोध होस्, निद्रालाई छोडेर सावधान होस्l

 

सांसारिक मोह, ममता र विषय-वासनाका स्वाद यस्तो लोभ्याउने हुन्छ कि उसलाई साधारण इच्छा हुने मात्रैले छोड्न सकिँदैनl एउटा सानो विचार आउँछ कि जीवन जस्तो अमूल्य वस्तुको उपयोग कुनै श्रेष्ठ काममा गर्नुपर्छ, तर तत्काल त्यही क्षणमा यस्ता लोभ्याउने परिस्थितिहरु आमुन्ने आउँछन्, जसको कारण त्यो सानो विचार उड़ेर जान्छ र मनुष्य जहाँको त्यहीं त्यसै तुच्छ परिस्थितिमा निमग्न हुन जान्छl यसप्रकारका परिस्थितिहरुबाट निकाल्नका लागी नै भगवान आफ्ना भक्तहरुलाई झट्का दिने हर्नुहुन्छ, मस्त निद्रामा सुतिरहेका मनुष्यहरुलाई उठाउनको लागी धेरै जोड्ले हल्लाउनुहुन्छl यसै झट्का र हल्लाउनुलाई हामीले भगवानले पनि हामीलाई दुःख दिइरहनुभएको जस्तो समझिन्छौंl  

 

मृत्युको निकट लैजानेवाला रोग-व्याधि, परमप्रिय स्वजनहरुको मृत्यु, असाधारण घाटा, दुर्घटना, अविश्वसनीय मित्रहरुद्वारा अपमान या विश्वासघात जस्ता हृदयलाई चोट पुग्नेवाला घटनाहरु यसका लागीपनि आउँछन् कि उसको भयंकर झट्काको आघातबाट मनुष्य तिलमिलाओस् र सहज भएर आफ्नो भूल सुधारोस्l गलत मार्गलाई छोडेर सही मार्ग अपनाओस्l

 

पूर्व संचित शुभ संस्कारहरुको कारण यसैले दुःख आउँछन् कि शुभ संस्कार एउटा ईमानदार पालेको भाँती त्यस मनुष्यलाई उत्तम मार्गतर्फ लैजान चाहन्छ, परंतु पापतर्फ उसको प्रवृत्ति बढिरहेको हुनाले शुभ संस्कारले  यसलाई आफुमाथि हमला भएको ठान्छन् र यसबाट बचाव गर्नको लागी पूरा प्रयत्न गर्छन्l कुनै मनुष्य पापकर्म गर्न जान्छ, तर बाटोमा यस्तो विघ्न उपस्थित हुन्छ कि जसको कारण त्यस कार्यमा सफलता मिल्दैनl त्यो हुन आँटिसकेको पाप बिच्चैमा रोकिन्छl चोरी गर्नको लागी गैरहेको बेला यदि बाटैमा खुट्टा भाँच्चिएर चोरी पूरा हुन सकेन भने, बुझ्नुपर्दछ कि पूर्व संचित शुभ संस्कारहरुको कारण, पुण्य फलको कारण यस्तो भएको हो, कि पाप हुनबाट बचियोl

 

धर्मकर्म गर्नमा, कर्त्तव्यकर्म गर्नमा असाधारण कष्ट सहनपर्छl विभिन्न प्रकारका अभावहरुको सामना गर्नुपर्छl यसको अतिरिक्त दुष्टात्माहरुले आफ्नो पापपूर्ण स्वार्थमाथि आघात भएको देखेर त्यस धर्मकार्यको विरुद्ध हुन्छन् र नाना प्रकारका यातनाहरु दिन्छन्l यस प्रकारका दुःख-कष्ट सत्पुरुषहरुलाई पग-पगमा झेल्नपर्छl यो पुण्य संचयको, तपश्चर्याको आफ्नो सत्यतालाई परीक्षा दिएर स्वर्णसमान चमकिलो एवं दोषरहित बनाउनेवाला दुःखहरु हुन्l

 

निस्संदेह केही दुःख पापको परिणामस्वरूप पनि हुने गर्छन्, तर योपनि निश्चित छ कि भगवानको कृपाले, पूर्व संचित शुभ संस्कारहरुले र धर्मको लागी गरिएको तपश्चर्याले पनि दुःख आउँछन्l यसप्रकार जब आफुमाथि कुनै विपत्ति आउँछ, तब केवल यही नै सोच्न हुँदैन कि हामी पापी छौं, अभागी छौं, ईश्वरको कोपभाजन छौं, संभव छ कि त्यो कष्ट हाम्रो लागी कुनै मंगल परिणाम दिनको लागी आएको होलाl त्यस कष्टको मूलमा शायद कुनै यस्तो लाभ छिपेको होला, जसलाई हाम्रो अल्पज्ञ मस्तिष्क आज ठीक-ठीक रूपले जान्न सकिरहेको छैनl

 

हामीलाई आफ्नो कर्तव्य र उत्तरदायित्वलाई पूरा गर्नको लागी हर क्षण तत्पर र प्रयत्नशील एवं जागरूक रहनुपर्दछl दुःख-सुख जे आएपनि, उनलाई धैर्यपूर्वक स्वीकार गर्नुपर्दछl मनुष्यको जिम्मेदारी आफ्नो कर्तव्य कर्म एवं धर्मको पालन गर्ने होl सफलता-असफलता या सुख-दुःख अनेक कारणहरुबाट हुन्छन्, यीनलाई ठीक प्रकारसंग आजसम्म कसैलेपनि जान्न सकेको छैनl