मंसिर २८,२०७५
-माधव प्रसाद गर्तौला
२८ मंसिर २०७५ काठमाण्डौ l
प्राणी जुन रूपमा आउँछ त्यसै रूपमा जान्छl न आउने समयमा कोई साथ हुन्छ न जाने बेलामाl यात्राको गोरेटोमा अनेक संगी-साथी भने अवश्य हुन जान्छन्, सो.... सुखमय यात्राको लागी जहाँ यो आवश्यक हुन्छ कि सबैजना प्रेमभावले चलून् नीति सदाचारको पालन गरून्, विश्व-बंधुत्वको भावनाको अनुशीलन गरून् यहीं योपनि नितांत आवश्यक छ कि आफ्नो एकाकी यात्राको लागीपनि पूर्ण तयारी गर्दै अगाडी बढ़ून्l निराशा, भय, विक्षोभ आदि मानसिक संकट त्यस महाशून्यको यात्रामा बाधक नबनून् यसको लागी जे आवश्यक तयारी छ त्यसलाई समय रहँदै गर्नुमा नै बुद्धिमत्ता हुन्छl
“म शरीर होइन”, शरीर अवश्य मेरो होl टाढाबाट आइरहेको रथ त अवश्य देखिन्छ, तर रथी (चालक) भने देखिँदैनl यसमा आफ्नो दृष्टि सानो हुनु- आफ्नो दर्शनको क्षमता संकुचित हुनु नै एकमात्र कारण हो अन्यथा बुद्धिले जान्दछ कि रथमा जोतिएका घोड़ालाई सही मार्गमा ल्याउने-लैजानेवाला वाहनमा कुनै रथी अवश्य बसेका होलान्l शरीरपनि एउटा रथ हो, आत्मा उसको सारथी, इन्द्रियहरु नै ती घोड़ा हुन् जसमाथि नियंत्रण राखेर सारथीले उनिहरुलाई जता चाहे त्यता लैजान सक्छl महत्व रथ र घोड़ाको होइन उसको स्वामी-आत्माको होl त्यसैले आफ्नो दृष्टि, बुद्धि, ज्ञान, तर्क यति धेरैपनि संकुचित हुनुहुँदैन कि आत्मालाई पनि पहिचान गर्न नसकून्l
घोड़ा (इन्द्रिय) थाकून्, रथ (शरीर) टुटून् यसको पूर्व हामीलाई त्यस स्थानसम्म पुग्नैपर्ने हुन्छ, महाकालको महानिशा (मृत्यु) मा सुखपूर्वक विश्राम गरेर जहाँबाट अगाडीको यात्रापथमा बढ्न सकियोस्l भारी मन, थाकेको शरीर, भट्किएको पथ (मार्ग) को यात्रा अतिनै कष्टप्रद हुनेगर्छ, यसैले यस जीवनयात्रालाई एउटा बहुमूल्य अवसर मानेर सोच-विचार गरी बुद्धिमत्तापूर्वक बाँच्नुपर्दछl
प्रमुख समाचार
सम्वन्धित समाचार