आर्थिक प्रसङ्ग
जेठ ०४,२०७४
-
४,जेठ,काठमाडौँ-
बिहीबार नेप्सेमा १ सय ४६ कम्पनीको कारोबार भयो।यस दिन कारोबारमा वृद्धि भएतापनि अंक भने बढ्न सकेनI अघिल्लो दिनको तुलनामा यस दिन १७ करोड बढी रकमको सेयर किनबेच भयो।
बुधबार ६१ करोड रुपैयाँको सेयर कारोबार भएकोमा आज ७८ करोड १२ लाखको कारोबार भयोI ० दशमलव ३९ अंकमा रातो रहेको नेप्से १६ सय ४३ अंकमा छ।
बैंकिङ र अन्य समूहबाहेक सबै समूह ओर्लिएका छन्। बैंकिङ ७ दशमलव ९ र अन्य समूह १ अंकले ओर्लिए। होटल ३५, विकास बैक १३, जलविद्युत २५, फाइनान्स ५, बिमा २९ र उत्पादन समूह ३५ अंकले बढे।
त्यस्तै हिमालयन जनरल इन्स्योरेन्सले सबैभन्दा बढी ७ करोड ४४ लाखको कारोबार गर्यो।
लाइफ इन्स्योरेन्स, नेपाल लाइफको पनि ४–४ करोडभन्दा बढी रकमको कारोबार भयो। एनबि इन्स्योरेन्स, बोटलर्स नेपाल तराई, मेरो माइक्रोफाइनान्स र सिनर्जी पावरको सेयर मूल्य भने १० प्रतिशतले बढ्यो।
यस दिन जनता बैंकका लगानीकर्ताले सबैभन्दा बढी ७ दशमदव ८ प्रतिशतले मूल्य गुमाए। दिव्यश्वरी हाइड्रोको मूल्य ६ दशमलव ८ प्रतिशतले घटेर प्रतिकित्ता २३३ कायम भएको छ।
प्रमुख समाचार