फ्रान्समा पहेंलो ज्याकेट आन्दोलन जारी,सातजनाको मृत्यु
-
१ पौष २०७५ काठमाण्डौ l
फ्रान्स— पहेंलो ज्याकेट विरोधकर्ताहरू शनिवार पनि पेरिस र फ्रान्सका अन्य शहरमा भेला भएका छन् ।
लगातार पाचौं सप्ताहान्तमा उनीहरूले विरोध प्रदर्शन गरेका हुन्। मंगलवार स्ट्रासबूर्गको क्रिसमस बजारमा भएको आक्रमणपछि सरकारले विरोध रोक्न आह्वान गरेको भएपनि विरोधकर्ताहरूले टेरेनन्।
तर पहिलेपहिलेको भन्दा कम मानिस प्रदर्शनमा आए। अधिकारीहरूले जम्मा ६६ हजार मानिसले प्रदर्शनमा भाग लिएको बताए। अघिल्लो शनिवार एक लाख २५ हजार मानिस भेला भएका थिए।
इन्धनको करमा भएको वृद्धिको विरोधमा शुरू भएको आन्दोलनमा अहिले शिक्षामा सुधार लगायतका अन्य माग पनि थपिएका छन्।
पहेंलो ज्याकेट आन्दोलनमा अहिलेसम्म सातजनाको मृत्यु भइसकेको छ। शुक्रवार भएको एक बन्दमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
पेरिसमा दुई हजारभन्दा बढी मानिस चिसो र पानी परेको दिनमा भेला भएका थिए।
प्रहरीले पेरिसमा १६८ मानिसलाई रोकेर प्रश्न गरेको थियो। तीमध्ये ११५ लाई हिरासतमा पनि लिएको हो।
दिनभरिमा अनेकौं पटक शम्स एलीसीजमा झगडा भएका थिए। प्रहरीले अश्रूग्यास र पानीको फोहरा प्रयोग गरेको थियो। तर रात परेपछि यहाँको यातायाता खोलाइएको थियो। बीबीसी