माया भनेको के हो? प्राचीन बोधकथा!

उनले बुझे कि यो सपना रहेछ,वास्तवमा यो संसारपनि यस्तै सपना समान नै हो

पौष ०१,२०७५

-माधव प्रसाद गर्तौला

१ पौष २०७५ काठमाण्डौ l 

 

प्राचीन समयको कुरा हो एकदिन देवर्षि नारदले भगवान विष्णुसंग सोधे- “भगवन् माया कस्ती छिन्?” भगवान विष्णुले मुस्कुराउँदै भन्नुभयो- “कुनैदिन प्रत्यक्ष नै देखाउनेछुl”

 

अवसर आएपछि भगवान विष्णुले नारदलाई साथ लिई मृत्युलोकतर्फ प्रस्थान गर्नुभयोl यात्राकै क्रममा मार्गमा एउटा ठुलो मरुभूमि पर्योl भगवानले भन्नुभयो- “नारद! प्यासको कारणले घाँटी सुकिरहेको छ, कहींबाट पानी खोजेर ल्याऊl”

 

जो आज्ञा भगवन् भन्दै देवर्षि नारद पानी लिन भनी कमण्डलु लिएर हिंडेl त्यहाँबाट निकै टाढा पुगेपछि अचानक नारदको दृष्टि नदीमा पानी भरिरहेकी एउटी सुंदर युवतीमाथि पर्योl नारद उसको सुन्दर रूपदेखि मोहित भएl जब ती युवती पानी भरेर जान लागिन् तब नारदपनि उसकै पछि-पछि लागी हिड्न थालेl

 

ती युवती गाउँको एउटा घरभित्र प्रवेश गरिन्l नारदपनि त्यसै घरभित्र प्रवेश गर्नलाग्दा एकजना वृद्धले उनलाई रोक्दै सोधे- “तपाईं को हो?” नारदले उत्तर दिँदै भने- “म भगवान विष्णुको परम भक्त नारद हूँl”

 

नारदले ती वृद्ध व्यक्तिलाई सोधे- “तपाईं को हुनुहुन्छ? र ती युवतीको के लाग्नुहुन्छ?” वृद्धले भने- “म यो गाउँको मुखिया हूँ र ती कन्या मेरी पुत्री हुन्l नारदले भने- “के तपाईं आफ्नो पुत्रीको विवाह मसंग गर्नुहुन्छ?” वृद्धले भने- “ठीक छ, तर मेरो एउटा शर्त छl” के शर्त हो? नारदले आत्तिँदै सोधेl

 

वृद्धले भने- “ यी कन्या मेरो वृद्धावस्थाको एकमात्र सहारा हो त्यसैले मेरी पुत्रीसंग विवाह गरेपछि तिमीलाई यसै घरमा बसी यो गाउँको मुखिया बन्नुपर्छl नारदले भने- “ठीक छ, यसै गर्नेछुl

 

विवाह भायोl नारद गाउँको मुखियापनि बनेl नारद ख़ुशीसंग आफ्नो जीवनयापन गर्न थालेl उनको घरमा एउटा पुत्रको जन्मपनि भयो, त्यसपछि एउटी पुत्रीपनि जन्मिइन्l नारद सोच्न लागे कती खुशियालीले भरिएको छ मेरो जीवन!

 

एकदिन अचानक गाउँमा भयंकर बाढ़ी आयोl सारा गाउँ नै जलमग्न भयोl नारदले सोचे कि यस गाउँबाट तत्काल निस्किनुपर्छl उनले एउटा युक्ति निकालेl एउटा काठको ठुलो ढोकामा आफ्नो परिवारको सबैजनालाई बसाएर पानीमा तैरिँदै सुरक्षित स्थानतर्फ जान लागेl अचानक उनको छोरी पानीमा खसी उसलाई बचाउने कोशिशमा छोरोपनि खस्योl पुत्र-पुत्रीको विलाप गर्दै थिए कि पत्नीपनि त्यही पानीमा खसेर बगिन्l  

 

देवर्षि नारद दुखी भएर करुण-क्रंदन गरिरहेका थिए कि अचानक भगवान विष्णु प्रगट भएर उनलाई होशमा ल्याउँदै भने- “नारद उठ, तिमलाई मैले पानी लिन भनी पठाको थिएं, खोई पानी?”

 

केही समयपछि नारदलाई होश आयो, उनले बुझे कि यो सपना रहेछl वास्तवमा यो संसारपनि यस्तै सपना समान नै हो भनी उनी तटस्थ भएl