Trending :
 

बलिउडमा आउँदैछिन् सुहाना,पिता शाहरुखले खोले रहस्य

पौष ०३,२०७५

-

३ पौष २०७५ काठमाण्डौ l 
 
 
मुम्बइ। फिल्म जीरोको प्रमोसनमा व्यस्त शाहरुख खानले पछिल्लो समय खुलेर आफ्नो व्यक्तिगत र प्रोफेशनल जीवनको बारेमा बताएका छन्। बलिउडमा करिब २५ वर्ष बिताएका शाहरुखले एक अन्तरवार्तामा उनका छोराछोरी सुहाना र आर्यनले बलिउडमा डेब्यू गर्ने बताए। एक प्रश्नको जवाफमा शाहरुखले भने ‘सुहाना आफ्नो करिअरलाई लिएर प्रस्ट छिन्। उनी अभिनेत्री बन्न चाहन्छिन्। अहिले उनी पढ्दैछिन्। त्यसपछि उनले अभिनय कोर्स गर्नेछिन् यसमा २ देखि ३ वर्ष लाग्नेछ।’
 
 
छोरा आर्यनका विषयमा शाहरुखले भने ‘निर्देशनको क्षेत्रमा उनको रुची छ। उनले पनि ५ देखि ६ वर्षमा पढाइ पूरा गर्नुछ। मलाई लाग्छ कि फिल्ममेकर बन्नुभन्दा पहिले उनले बलिउडका शानदार निर्देशकहरुसँग असिस्टेन्टको रुपमा काम गर्नुपर्छ। यसको लागि करण जौहर सबैभन्दा ठिक छन्। त्यसो त बलिउडमा कैयौं राम्रो निर्देशक अहिले उपलब्ध छन्।’