ऐतिहासिक प्रसंग

ममतामयी कुन्तीको त्याग,महाभारतको रोचक कथा

मलाई ख़ुशी हुनेछ कि मेरो पुत्र परोपकारको वेदीमा बलिदान भयो!

पौष ०४,२०७५

-आस्था न्यूज

४ पौष २०७५ काठमाण्डौ l 

 

पाण्डव आफ्नी आमा कुन्तीको साथ यता-उता भ्रमण गर्दै थिएl उनिहरुले ब्राह्मणको वेश धारण गरेका थिएl भिक्षा मांगेर आफ्नो उदरपूर्ति गर्थे भने राती कुनै वृक्षमुनि नै विश्राम गर्थेl भाग्य र समयको यो कस्तो खेल हो? जो पाण्डव हस्तिनापुर राज्यको भागीदार हुन् र जसले सारा जगतलाई नै आफ्नो मुट्ठीमा राख्ने सामर्थ्य राख्थे, उनिहरुलाई नै आज भिक्षामा जीवन-यापन गर्न परिरहेको छl

 

साँझको समय थियोl पाण्डव आफ्नी आमा कुन्तीसंग वनको मार्गमा अगाडी बढ्दै गैरहेका थिएl सहसा उनले महर्षि वेदव्यासलाई आफ्नै समीप आइरहेका देखेl कुन्ती दौडिएर गई वेदव्यासजीको चरणमा नतमस्तक भइन्l उनको चरणलाई समातेर भावविह्वल हुँदै रोईन्l उनले आफ्नो आँसुले उनको चरण धुँदै उनलाई आफ्नो सारा वृत्तांत सुनाईन्l

 

महर्षि वेदव्यासले महारानी कुन्तीलाई धैर्य दिँदै भने- “आँसु बगाएर केहीपनि हुँदैनl जीवनमा जस्तो परिस्थिति आइपरेको छ त्यसलाई धैर्यतासंग सहन गरl जब राम्रो दिन आउँनेछ, फेरी सबै ठीक हुनेछl हिँड, मसंगै हिँडl म तिमीलाई एउटा स्थान बताउँछु, केही दिनसम्म त्यहीं बसेर समय व्यतीत गरl”

 

महर्षि वेदव्यासले पाण्डवहरुलाई एउटा नगरमा लिएर गएl त्यस नगरको नाम ‘एकचक्रा’ थियोl (वर्तमान समयमा भारतको बिहार राज्यमा, शाहाबाद जिल्लामा ‘आरा’ नामक एउटा ठुलो नगर छl महाभारत कालमा यही ‘आरा’ नामक नगरलाई नै ‘एकचक्रा’ नामले पुकारिन्थ्यो) त्यससमय एकचक्रा नगरीमा केवल ब्राह्मणहरु मात्र निवास गर्दथेl वेदव्यासजीले पाण्डवहरुलाई एकचक्रा नगरीमा पुर्याई आफु हिँडेl पाण्डव आफ्नी आमा कुन्तीसहित एकजना ब्राह्मणको घरमा निवास गर्न लागेl पाँचै भाई प्रतिदिन भिक्षा माग्न जान्थे, भिक्षामा जे अन्न मिल्थ्यो, त्यसैबाट आफ्नो जीवन-निर्वाह गर्थेl

 

एकचक्रा नगरीमा एक राक्षसद्वारा ठुलो आतंक फैलिएको थियोl त्यो राक्षसको नाम ‘बक’ थियोl ऊ दिनमा जंगलमा बस्थ्योl रात परेपछि नगरमा आई आतंक मच्चाउँथ्योl जसलाई पाएपनि मारेर आफ्नो आहारा बनाउँथ्योl खान त दुई-तीन जनालाई मात्र खान्थ्यो तर पन्ध्र-बीस जना प्रतिदिन मारिन्थेl आखिर एकचक्राका निवासीहरुले बक राक्षससंग एउटा सम्झौता गरे कि प्रतिदिन नगरको एकजना मान्छे आफ्नै स्वेच्छाले तिमीसामु आउनेछ, तिमीले उसलाई नै मारेर आफ्नो आहारा बनाउनु यसो गर्यौ भने व्यर्थैमा अन्य मानिसको ज्यान जाँदैनl

 

बकले पनि यस सम्झौतालाई स्वीकार गर्योl जब बसी-बसी नै खान पाइन्छ भने व्यर्थको मेहनत किन गर्ने? उसले उक्त सम्झौतालाई स्वीकार गर्दै एउटा चेतावनीपनि दिएको थियो कि यदि यस सम्झौतालाई उल्लंघन गरियो भने एकचक्रा नगरीलाई तहस-नहस गरिदिनेछl बस, त्यसै दिनदेखी क्रमैले एक घरको एकजना मानिस प्रतिदिन बक राक्षसको आहार बन्न जानेगर्थेl संयोगको कुरा, एकदिन त्यस ब्राह्मणको घरको पालो आयो, जसको घरमा पाण्डव आफ्नी आमा कुन्तीसंग निवास गर्थेl साँझको समय थियोl कुन्ती आफ्नो कोठामा बसिरहेकी थिईन्l त्यस दिन कुनै कारणवश महाबली भीम भिक्षा माग्न गएका थिएनन्l उनीपनि कोठाभित्रै, कुन्ती नजिकै बसेका थिएl

 

अकस्मात् कुन्तीको कानमा कसैको करुण-क्रंदनको आवाज आयोl विलाप गरिरहेको त्यो स्वर उसै ब्राह्मणको कोठाबाट आइरहेको थियो, जसको भवनमा उनले आफ्नो आश्रय बनाएकी थिईन्l जब कुन्तीले विलापको यो सकरुण स्वर सुन्न सकिनन्, तब उनी ब्राहणको कोठामा गईन्l त्यहाँ उनले जे देखिन् त्यसले उनी हतप्रभ भईन्l

 

ब्राह्मणको कुटुम्बमा केवल तीन प्राणी मात्रै थिए- ब्राह्मण-ब्राह्मणी र उनको एकजना युवा पुत्रl तीनैजना रुँदै विलाप गर्दै थिएl कुन्तीले तीनै जनालाई रोइरहेको देखेर ब्राह्मणसंग सोधिन्- “विप्रवर! तपाईंहरु तीनैजना यसप्रकार किन रोइरहेको? के म जान्न सक्छु कि कुन दारुण कष्टले तपाईंहरु तीनै जनालाई दुखी बनाइरहेको छ??

 

ब्राह्मणले आँखाबाट आंसुको थोपा झार्दै उत्तर दिए- “बहिनी! तिमी सुनेर के गर्छौ? हाम्रो कष्ट एउटा यस्तो कष्ट हो, जसलाई कसैलेपनि नष्ट गर्न सक्दैनl”

 

कुन्तीले सहानुभूति भरिएको स्वरमा भनिन्- हामीहरु त गरीब ब्राह्मण हौंl सत्य हो, हामी तपाईंको कष्ट हर्न सक्दैनौं, तरपनि सुनेर के नै फ़रक पर्छ र? हुनसक्छ कि हामी तपाईंहरुको केही काम आउन सक्छौंl त्यसैले कुनैपनि संकोच नगरिकन मलाई भन्नुहोस्l”

 

जब कुन्तीले धेरै आग्रह गरिन् तब ब्राह्मणले राक्षस बकको सारा वृत्तांत सुनाएl वृत्तांत सनाएर उनले रुँदै भने- “बहिनी! हामी केवल तीनजना मात्रै छौंl यदि कुनै एकजना राक्षसको भोजन बन्न जान्छ भने त्यो राक्षसले उसलाई मारेर खाइदिन्छl हाम्रो घर बर्बाद हुनेछl यसैले म सोचिरहेको छु कि हामी तीनैजना राक्षससामु जानेछौंl हामी यसैले रोइरहेका छौं, आज हामी तीनैजनाको अन्त्य हुनेछl”

 

ब्राह्मणको करुण-कथा सुनेर कुन्ती धेरै दुःखी भईन्l उनी मनमनै केही क्षणसम्म सोचिरहिन्, र भनिन्- “विप्रवर! म एउटा कुरा भन्छु, उसलाई ध्यान दिएर सुन्नुहोस्l मेरा पाँचजना पुत्र छन्l आज म आफ्नो एउटा पुत्रलाई तपाईंको कुटुम्बको तर्फबाट राक्षसकहाँ पठादिन्छुl यदि राक्षसले उसलाई खायो भनेपनि चारजना जीवितै शेष रहनेछन्l”

 

कुन्तीको कुरा सुनेर ब्राह्मण स्तब्ध भएl उनले परोपकारमा धन दिनेवालाहरुको त धेरै कहानी सुनेका थिए, तर पुत्र दिने कुरा आज पहिलो पटक सुन्दै थिएl उनले कुन्तीतर्फ हेर्दै भने- “बहिनी! तिमी त कुनै स्वर्गकि देवी ज्ञात हुन्छौl मलाई यसकुराको गर्व छ कि तिमी जस्ती देवी मेरो घरमा अतिथिको रूपमा छौl तिमी मेरो लागी पूजनीय छौl म आफ्नो अतिथिबाट प्रतिदान लिऊँ यो अधर्म मबाट हुन सक्दैनl म आफ्नो प्राण दिनेछु, तर आफ्नो अतिथिलाई कष्टमा पार्न सक्दिनl”

 

ब्राह्मणको कुरा सुनेर कुन्तीले भनिन्- “तपाईंले हामीलाई आश्रय दिएर हामीमाथि ठुलो उपकार गर्नुभएको छl तपाई हाम्रो उपकारी हुनुहुन्छl हाम्रो धर्म हो कि तपाईलाई कष्टमा पर्न नदिनुl तपाई आफ्नो धर्म त पालन गर्न चाहनुहुन्छ, तर हामीलाई आफ्नो धर्मपालन गर्नबाट किन रोक्दै हुनुहुन्छ?” कुन्तीले जब धेरै आग्रह गरिन् तब ब्राह्मणले उनको कुरा मान्दै भने- “ठीक छ बहिनी, ईश्वरले तिमिहरुको रक्षा गरून्l”

 

कुन्ती ब्राह्मणको कोठाबाट उठेर आफ्नो कोठामा आई सबै कुरा भीमलाई बताईन् र भनिन्- “पुत्र परोपकार भन्दा धेरै ठुलो धर्म अरु कुनै हुँदैनl त्यसैले तिमी ब्राह्मण परिवारको तर्फबाट राक्षसकहाँ तिमी जाऊl यदि राक्षसले तिमीलाई खायो भने मलाई ख़ुशी हुनेछ कि मेरो पुत्र परोपकारको वेदीमा बलिदान भयोl”

 

भीमले धेरै हर्षसंग आफ्नी आमाको कुरालाई ‘जो आज्ञा’ भन्दै स्वीकार गरेl उनले भने- “आमा! हजुरको आज्ञा शिरोधार्य छl राक्षसले मलाई के मार्न सक्छ? हजुरको आशीर्वादले म नै उसलाई मारेर आउनेछुl”

 

सन्ध्याको समय थियो भीमले एउटा गाडीमा खाने-पिउने सामान राखेर उसलाई तान्दै राक्षसको निवासस्थानतर्फ लागेl उनी राक्षसको निवासमा पुगेर गाडीमा राखेर ल्याइएको खाद्यपदार्थ स्वयं नै खान लागेl यो देखेर राक्षस एकदमै कुपित भयोl ऊ गर्जिँदै बोल्यो- “एक त तिमी विलम्बले आयौ त्यसमाथि मेरो लागी ल्याइएको भोजन आफैं खाँदैछौ?” यति भनेर ऊ भीममाथि जाइलाग्योl भीम त पहिलेदेखि नै तयार थिएl दुबैमा मल्लयुद्ध हुन लाग्योl दुबैको गर्जनाले वायुमंडल गुन्जियोl राक्षसले धेरै प्रयास गर्यो कि भीमलाई मल्लयुद्धमा पराजित गरोस् तर स्वयं नै भीमको हातबाट पराजित भई मृत्युलाई प्राप्त भयोl भीमले उसलाई उठाएर नगरको प्रमुख द्वारमा फालिदिएl

 

उता, सन्ध्या समय चारै भाई भिक्षाटनबाट फर्किएl आमा कुन्तीबाट सारा वृत्तांत सुनी अतिनै दुःखी भएर भने- “हजुरले भीमलाई एक्लै पठाएर ठीक गर्नुभएन, हामी सबै भाईहरुमा उही एउटा यस्तो वीर थियो जसले संकटको समय हामी सबैको रक्षा गर्ने गर्थ्योl कुन्तीले आफ्ना पुत्रहरुलाई सम्झाउँदै भनिन्- “तिमीहरु चिन्ता किन गर्छौ? प्रतीक्षा गर....तिमीहरु आफैं हेर्नेछौ कि मेरो पुत्र भीमले त्यस राक्षसलाई नै मारेर विजयी भएर फर्किनेछl

 

त्यसपछि चारै भाई भीमलाई खोज्न भनी जंगलतर्फ लागेl उनिहरु अलिकती मात्रै हिँडेका थिए कि अचानक भीमलाई आफ्नै मस्तीमा झुम्दै आइरहेको देखेl चारै भाई दौडेर गई भीमलाई गला लगाएl भीमले प्रसन्न हुँदै सारा वृत्तांत भने कि कसरी आफुले राक्षसलाई नर्कमा पठाएं भनेरl

 

भीमले घर गएर आफ्नी आमाको चरणस्पर्श गरेl उनले भने- “आमा हजुरको आशीर्वादले मैले अत्याचारी राक्षस बकको संहार गरिदिएंl अब एकचक्रा निवासी सदा-सदाका लागी भयमुक्त भएl” कुन्तीले आफ्नो पुत्र भीमको मुख चुम्दै भनिन्- “पुत्र भीम! मलाई तिमीबाट यही आशा थियोl मैले यसैले त तिमीलाई राक्षसकहाँ पठाएकी थिएंl

 

प्रभात भएपछि एकचक्रा निवासीहरुले नगरको मुख्य द्वारमा राक्षस बकलाई मृतावस्थामा लडेको देखेl उनिहरुलाई जहाँ प्रसन्नता भयो त्यहीं आश्चर्यपनि लाग्योl बकको बध कसले गर्यो? के ब्राह्मणले? एकचक्रा निवासीहरु दौडिँदै ब्राह्मणको घर पुगेl अल्प समयमै ब्राह्मणको द्वारमा धेरै नै भीड़ एकत्रित भयोl ब्राह्मणको जयनादले सारा धर्ती र आकाश गुन्जिन थाल्योl

 

ब्राह्मणले भीड़लाई शान्त गर्दै भने- “सज्जनवृन्द हो! बक राक्षसको वध मैले गरेको होइनl उसको वध त मेरो घरको अतिथि ब्राह्मणी पुत्रले गरेका हुन्l” एकचक्रा निवासीहरुले यो त जाने कि राक्षसको वध ब्राह्मणी पुत्रले गरेका हुन्, तर धेरै प्रयत्न गर्दापनि उनिहरुले यो जान्न सकेनन् कि ब्राह्मणी को हुन्, र उनका पाँचैजना छोराहरु को हुन्??