Trending :
 

जेलबाट मुक्त जिहादीले आतंक मच्चाउने चेतावनी

पौष ०५,२०७५

-

५ पौष २०७५ एजेंसी l 
 
 
सिरिया लगायतका ठाउँमा जिहादी युद्ध गरेर युरोप फर्केका अनि जेलमा बस्दा उग्रवादी बनेका व्यक्तिहरू जेलमुक्त हुँदा युरोपले आतंकवादको नयाँ लहरको सामना गरेको इन्टरपोलका महासचिवले चेतावनी दिएका छन्।
 
 
इन्टरपोलका महासचिव युर्गेन स्टक अपराधशास्त्री र जर्मनीका कानून कार्यान्वयन अधिकारी हुन्। उनले भने, ‘हामीहरू इस्लामिक स्टेटसँग सम्बन्धित तथा उग्रवादी शिक्षा पाएका व्यक्तिहरूबाट दोस्रो चरणको आतंकवादी लहर आउने अपेक्षा गरिरहेका छौं।’
 
 
‘यीमध्ये धेरैजसो आतंकवादी गतिविधिमा संलग्न रहेको वा आतंकवादी समूहका समर्थक रहेको अनि दुईदेखि पाँच वर्ष जेलमा बिताएका हुन्। उनीहरूलाई कुनै ठोस आतंकवादी आक्रमणमा कसूरदार नमानिएकाले कडा सजाय नदिइएको हो।’ 
 
 
युरोपमा, विशेषगरी फ्रान्समा, सन् २०१४ देखि इस्लामिक आतंकवादी आक्रमण बढेका छन्। सन् २०१५ को नोभेम्बरमा पेरिसमा भएका आक्रमणमा १३० जना मारिएका छन्।