चैत्र ०९,२०७३
-
९,२०७३चैत्र,लण्डन-
एजेन्सी-
इङ्ल्यान्ड तथा लेस्टर सिटीका फरवार्ड जेमी भार्डेले आफू र आफ्नो परिवारलाई ज्यान मार्ने धम्की आएको बताएका छन् |
प्रशिक्षक क्लाउडियो रिनेरीको बर्खास्तगीको दोष लगाउँदै आफू र आफ्नो परिवारलाई ज्यान मार्ने धम्की आएको उनले बताए |
गत सिजत अप्रत्याशित रूपमा इङ्लिस प्रिमियर लिगको उपाधि जितेको लेस्टर जारी सिजन रेलिगेसनबाट बच्न संघर्ष गरिरहेको छ | यसैबीचमा क्लबले प्रशिक्षक रिनेरीलाई बर्खास्त गरेको थियो |
३० वर्षे फरवार्ड भोर्डेकै गोलप्रेरणामा लेस्टरले लिग उपाधि जित्न सफल भएको थियो । त्यही प्रदर्शनका आधरमा भार्डे इङ्ल्यान्डको राष्ट्रिय टोलीमा पर्न सफल भएका थिए ।
भार्ड़ेले भने ‘मैले एउटा कहानी पढेको थिएँ | त्यसअनुसार च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ मा सेभियासँग पराजित भएपछि केही सिनियर खेलाडी र क्लब मालिकबीचको बैठकबाट इटालियन प्रशिक्षकलाई बर्खास्त गर्ने निर्णय गरेको भनिएको छ |’, ‘त्यसमा म पनि उक्त बैठकका सामेल रहेको भनिएको छ | जतिबेला म तीन घण्टा एन्टी डोपिङमा थिए |’
रिनेरीको स्थानमा क्रिग सेक्सपियर आएपछि लय समातेका भार्डे आफूमाथिको तनाव सम्हाल्न सकेपनि परिवारमाथिको आक्रमण अर्को पक्ष भएको बताउँछन् |
प्रमुख समाचार
सम्वन्धित समाचार