Trending :
 

अमेरिकी मन्त्रिपरिषदमा विवाद,रक्षामन्त्रीले दिए राजीनामा

पौष ०६,२०७५

-

६ पौष २०७५ एजेंसी l 
 
 
एजेंसी। अमेरिकी मन्त्रिपरिषदमा विवाद सुरु भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिमा विरोध जनाउँदै रक्षामन्त्री जिम म्याटिसले राजीनामा दिएका छन्।
 
 
सिरियालगायत मध्यपूर्वमा तैनाथ अमेरिकी सेना फिर्ता बोलाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयप्रति असहमत भएका रक्षामन्त्री म्याटिसले पदबाट राजीनामा दिएका हुन्। राष्ट्रपति ट्रम्पले ट्वीटरमार्फत यसको पुष्टी गर्दै नयाँ रक्षामन्त्री छिट्टै नियुक्त गर्ने घोषणा गरेका छन्।
 
 
म्याटिस आगामी फेब्रुअरीबाट सेवानिवृत्त हुने छन्। रक्षामन्त्रीको राजीनामालाई अमेरिकी राष्ट्रपति ट्रम्पका लागि अर्को ठूलो झट्काको रुपमा हेरिएको छ।
 
 
ट्रम्पले सिरियामा आईएसविरुद्धको लडाईं समाप्त भएको उद्घोष गर्दै त्यहाँ तैनाथ सम्पूर्ण सेनालाई अमेरिका फर्काउने घोषणा गरेका थिए। ट्रम्पको यो कदमले मध्यपूर्वको शान्ति व्यवस्थामा गम्भीर खलल आउने र रुसी प्रभाव बढ्ने रक्षामन्त्री म्याटिसको ठम्याइ छ।