Trending :
 

‘राष्ट्रिय संगीतकर्मी अवार्ड २०७५’ फागुन ४ मा हुने

पौष ०६,२०७५

-

पुस ६,२०७५ काठमाडौं ।
राष्ट्रिय संगीतकर्मी संघ, जिल्ला कार्यसमिति नवलरासीले आउँदो फागुन ४ गते ‘राष्ट्रिय संगीतकर्मी अवार्ड-२०७५’ को आयोजना गर्ने भएको छ । 
 
शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमार्फत उक्त अवार्डको आयोजना गर्न लागेको जानकारी दिईएको हो । 
 
संघका अध्यक्ष राजेन्द्र कुमार कार्कीले पश्चिम नवलपरासीको बर्दघाटमा फागुन ४ गते सम्पन्न हुने ‘राष्ट्रिय संगीतकर्मी अवार्ड–२०७५’ को संरक्षकमा रहेर केन्द्रीय समितिले सक्दोसाथ दिने विश्वास दिलाए । 
 
राष्ट्रिय संगीतकर्मी संघ, जिल्ला कार्यसमिति नवलरासीकी अध्यक्ष भानुमती तिवारी (राधा) ले ‘राष्ट्रिय संगीतकर्मी अवार्ड २०७५’ निष्पक्ष र बिबादरहित हुने बताएकी छन् । 
 
मंसिर १५ गतेदेखि सूरु भएको अवार्ड फर्म वितरण माघ १५ गतेसम्म खुल्ला रहने जानकारी दिँदै अध्यक्ष तिवारीले भनिन्,‘आजका मितिसम्म नौं सय जति कलकारहरुले आफ्ना सिर्जनाहरु दर्ता गराउनु भएको छ, विषेशगरी दोहोरी क्षेत्रका कलाकारहरुले फर्म भर्नुभएको छ, एउटा विधाको पाँच सय, एल्बमको दर्ता दुई हजार शुल्क राखेका छौं ।’ 
 
कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघका वरिष्ठ उपाध्यक्ष नमराज ढुङ्गना, राष्ट्रिय संगीतकर्मी संघ, नवलपरासीका उपाध्यक्ष सन्तु गाहा, लोक संञ्चारकर्मी नेपालका उपाध्यक्ष चन्द्रमणी गौतम लगायतले उक्त ‘राष्ट्रिय संगीतकर्मी अवार्ड २०७५’ बारेमा आफ्ना कुराहरु राखेका थिए ।