Trending :
 

अन्तर्राष्ट्रिय प्रसङ्ग

एनरआरएन अमेरिकाको आगामी चुनाबको लागि अन्तरक्रिया कार्यक्रम

जेठ ०५,२०७४

-

५,जेठ,लस एन्जलस –

 अमेरिकाबाट आगामी एनआरएन अमेरिकाको चुनावी प्रतिस्पर्धाका लागि नेपाल-अमेरिका नेपाल–अमेरिका एकता समाजको कार्यालयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।

उक्त अन्तरक्रियामा विभिन्न संघ–संस्थाका प्रतिनिधि र उम्मेदवारी घोषणा गर्ने बीच भएको छलफलमा उम्मेदवारी के–को लागि, साउदर्न क्यालिफोर्निया र अमेरिकामा रहेको नेपाली समुदायले के प्राप्त गर्छ भन्ने विषयमा छलफल केन्द्रित रहेको थियो ।

एनआरएन आइसीसी सदस्यको लागि बलराम थापा, एनआरएन अमेरिकाको लागि उम्मेदवारी घोषणा गर्नेहरु उपाध्यक्ष पदमा उमा कार्की थापा, सचिवमा टेक बहादुर लामा, महिला संयोजकमा इन्दिरा त्रिपाठी, सदस्यमा कर्ण चन्द र क्यालिफोर्निया च्याप्टरको अध्यक्ष पदमा रामबाबु पाण्डे रहेका छन् ।

चुनावका आकाँक्षीहरूले आफूहरू साउदर्न क्यालिफोर्निया र अमेरिकामा रहेका नेपालीहरूको हितमा पहिले पनि काम गरेको र फेरि पनि निरन्तर रूपमा काम गरिरहने बताए ।

 

यस पटकको चुनावमा अध्यक्ष पदका छ जना आकाँक्षी रहेका छन् I जसअन्तर्गत वर्तमान अध्यक्ष केशव पौडेल, वर्तमान वरिष्ठ उपाध्यक्ष कृष्ण पोख्रेल, वर्तमान उपाध्यक्षहरु राम सी. पोख्रेल, रबिना थापा र डिल्ली भट्टराई र वर्तमान सल्लाहकार गौरी जोशी हुन् I

उपाध्यक्ष पदको उम्मेदवार उमा कार्की थापाले विवादका बीचमा दौडीरहेको वर्तमान एनआरएन अमेरिकालाई सबैको आफ्नो हो भनी महसुस गराउने बनाउनको लागि सफल उद्यमी, कुनै पार्टीको झन्डा बोकेको भन्दा स्वतन्त्र रूपमा आएका गौरी जोशीलाई समर्थन गर्दै आफूसँगै उठ्न लागेको बताइन् ।

यसै कार्यक्रम मार्फत उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको समेत थापाले जानकारी दिइन ।

त्यसैगरी एनआरएन आइसीसीका पूर्व सदस्य राजेन्द्र सिवाकोटीले संस्थाका बारेमा छोटो प्रकाश पार्दै संस्थाको केन्द्र, राज्य र स्थानीय च्याप्टरका उम्मेदवार सबैले बिश्व हाक्ने चुनावी नारा देखाउनु भन्दा स्थानीय रुपमा भएका समस्या उठाउनुपर्ने र समाधानका लागि पहल गर्नु पर्ने बताए ।