क्लब विश्वकपको उपाधी रियल मड्रिडलाई
-
पुस ८, २०७५ काठमाडौँ ।
क्लब विश्वकपको उपाधि स्पेनिस क्लब रियल मड्रिडले जितेको छ । शनिबार युएईमा भएको फाइनल खेलमा युएईको क्लब अल इनलाई ४–१ ले हराउँदै लगातार तीन पटक क्लब विश्वकपको उपाधि जित्न सफल भएको हो ।
रियल मड्रिडको जितका लागि खेलको १४ औं मिनेटमा १४ औँ मिनेटमा लुका मोड्रिक, ६० औँ मिनेटमा मार्कस लोरेन्टे र सर्जियो रामोसले ७८ औँ मिनेटमा गोल गरेका थिए । इन्जुरी समयमा अल इनका खेलाडीले एक आत्मघाती गोल रियललाई उपहार दिएका थिए । अल इनका लागि एक मात्र गोल ८६ औं मिनेटमा ८६ औँ मिनेटमा सिओतानीले गरे ।
फिफाले प्रत्येक वर्ष आयोजना गर्ने क्लब विश्वकपमा महादेशका च्याम्पियन क्लबबीच प्रतिस्पर्धा हुने गर्छ । तीन वर्ष लगातार युरोपियन च्याम्पियन बनेको रियल मड्रिडले लगातार तीनै पटक क्लब विश्वकप पनि जित्न सफल भएको हो ।
सन् २००० बाट सुरु भएको क्लब विश्वकप, दोस्रो पटक २००५ मा भएको थियो । त्यसपछि भने फिफाले हरेक वर्ष यो प्रतियोगिता आयोजना गर्दै आएको छ । १५ औं संस्करण हुँदा, रियल मड्रिडले सबैभन्दा ४ पटक उपाधि जितेको छ, अर्को स्पेनिस क्लब बार्सिलोनाले ३ पटक उपाधि जितेको छ । एजेन्सी